Saturday, November 8, 2008

यो पनि जानी राखौ

विज्ञानका नया नया आविष्कारले हामीलाई सजिलो पारेको छ, त्यत्तिकै अप्ठेरो पनि पारेकै छ । मोबाइल फोनबाट गीत-संगीत सुन्ने अस्ट्रेलियाली युवामध्ये ७० प्रतिशतको श्रवणशक्ति ह्रास भएको कुरा त्यहाँ श्रवणशक्ति सम्बन्धमा हालै गरिएको सर्वेक्षणबाट पत्ता लागेको छ । उमेर ढल्किएकाहरूभन्दा पनि १८ देखि ३४ वर्ष उमेर भएका मानिसहरूको श्रवणशक्ति बढी क्षय भएको सर्वेक्षणले निष्कर्ष निकालेको छ । मोबाइल फोनबाट गीत-संगीत सुन्ने १,००० जना अस्ट्रेलियालीहरू माथि गरिएको सर्वेक्षणको क्रममा सो कुरा पत्ता लागेको हो । सर्वेक्षणका क्रममा सम्पर्कमा आएकामध्ये दुई तिहाइले आफूले मोबाइल फोनमार्फत गीत-संगीत सुन्ने गरेको जानकारी दिए । त्यसरी जानकारी दिनेमध्येमा ६० प्रतिशतले सुरक्षित भोलमभन्दा बढी भोलममा गीत-संगीत सुनेका थिए ।

मेवाको खेती नेपालमा धेरै हुन्छ । पाकेको मेवा मीठो हुनुका साथै रोगको उपचारमा पनि महìवपूर्ण हुन्छ । मेवामा 'पापेन' भन्ने पाचन क्रियामा सहयोग पुर्‍याउने तत्व पाइन्छ । यो तत्वले हामीले खाएका प्रोटिनलाई छिटो पचाउन सहयोग गर्छ । प्रोटिन पचाउन गार्‍हो हुने रोगीका लागि मेवा अत्यन्त लाभदायक हुन्छ । मेवामा चिनी तत्व कम हुन्छ भने चिल्लो तत्व ज्यादै थोरै हुन्छ । त्यसैले मधुमेहका रोगी र रक्तनलीमा बढी बोसो जमेका रोगीका लागि अमृत समान छ ।

त्यस्तै तर्बुजा पनि गर्मीमा बढी खाइने फलफूल हो । शरीरभित्रको गर्मी हटाउने गुण यसमा छ । गर्मी शरीर भएका मानिसले यो खानुपर्छ । तर्बुजामा भिटामिन ए, बी-१, बी-२, सी, ग्लुकोज, ग्लुटाभिक एसिड आदि तत्वहरू प्रशस्त पाइन्छ । तर्बुजाको गुण ठण्डा छ । बढी खाएमा बेफाइदा गर्छ । यो बढी खाएमा फियो र पाचन थैलीलाई हानि पुर्‍याउँछ । त्यसैले पाचन थैली र आन्द्राभुँडीका रोगी तथा मिर्गौलाका रोगी र सधैं पातलो दिसा हुने मानिसले तर्बुजा कम खानुपर्छ । रुघा लागेको बेला खानु हुँदैन । तातोपन हटाउने , गर्मी मार्ने, तीर्खा मेट्ने, पिसाब खुलाउने, पसिना हटाउने र उच्च रक्तचाप -हाइब्लड प्रेसर) का रोगीलाई निकै फाइदा गर्छ ।

हिमाल थापा

श्रोत : मुना