Monday, May 25, 2009

गइराखेको छ, हो गइराखेको छ।।

झिलिक झिलिक ज्योति आइराखेको छ
गड्याङ्गुडुङ् आकाश गर्जिराखेको छ
मुसलधारे वर्षा परिराखेको छ
सडको रित्तो छैन, गाडीहरु गुडिराखेका छन्
मानिस पर्खी बसेका छैनन्, रुज्दैभिज्दै हिँडिराखेका छन् ।

हो हावा बगिराखेको छ
मैंले सास फेरिराखेको छु ।
सबै कुरा भइराखेको छ
समय गतिशील छ, हो यो गइराखेको छ
हो समय गतिशील छ, हामीलाई पर्खी नबसी
गइराखेको छ, गइराखेको छ।।

बनिदेउ आजै पराई छोडिदेउ मेरो हात ।।

समयको खेल हो कहिले जित त कहिले हार
जीवन नै जेल हो कहिले हित त कहिले उपहार ।
आज मात्र जीवन हैन हिजो थियो, हुन्छ भोली पनि
हाँसिरहन चाहे पनि पाइन्न यस्तै रैछ जीन्दगानी ।।

आजको माया भोलीको छाया बन्छ भने
आजको साथ भोलीको बिछोड हुन्छ भने
आजको हात भोलीको काँडा बन्छ भने
आजको तिमी भोली पराइ बन्छौं भने
तिमी मेरो नजिक बस्नुको अर्थ हुन्न
तिमी मेरो सारमा हिड्नु ब्यर्थ हुन्छ
बिर्सिदेउ आजको माया अनि साथ
बनिदेउ आजै पराई छोडिदेउ मेरो हात ।
बनिदेउ आजै पराई छोडिदेउ मेरो हात ।।