Saturday, November 15, 2008

वानी परिवर्तन

वानी परिवर्तन

 

습관을 바꾸기 위해서

वानी परिवर्तन गर्नको लागी

먼저 나쁜 습관 세가지를 적어 보세요.

सबैभन्दा पहिला खराब वानी ३ वटा लेख्नुहोस।

 

습관을 하루 만에 고치기는 힘들기 때문에

वानी एकै दिनमा सुधार्न गाह्रो पर्ने हुनाले

백일 간의 목표를 세워서

१०० दिनको लक्ष बनाएर

하나라도 완전히 고쳐 보는 겁니다.

खराब वानी मध्य एउटा भएपनि पुरा सुधार्नुहोस।

 

좋은 습관을 갖게 되면 자신감이 생깁니다.

असल वानी बनायौं भने आत्मबल बढ्दछ।

나는 이것도 나쁘고, 이것도 나쁘고…,

मेरो यो पनि खराब बानी, त्यो पनि खराब वानी

이렇게 생각하면서 습관을 극복하지 못한다면

भन्ने सोचेर पनि वानी बदल्न नसक्ने  हो भने

자신감은 점점 멀어집니다.

आत्मबल झनझन घट्दै जान्छ।

 

그러다 보면 자세도 나빠지고 얼굴도 환하지 않습니다.

त्यस्तो भयो भने आफ्नो अस्तित्व बिग्रदै जान्छ र अनुहार पनि उज्यालो हुदैंन।

자신감을 가질 우리의 얼굴은 환하게 밝아지고

आत्मबल वा आत्मविश्वास हुँदा हामीहरुको अनुहार उज्यालो हुन्छ।

눈빛도 밝게 빛납니다.

आखाको ज्योती पनि प्रज्वल हुन्छ।

 

자신감은 지식을 안다고 해서 생기는 것이 아닙니다.

आत्मबल भनेको केही ज्ञान जानेर आउने हैन।

중요한 것은 자신에 대한 자신감입니다.

महत्वपूर्ण कुरा भनेको आफुले आफुलाई नै चिन्न र जान्न  सक्ने आत्मबल हो।

작은 습관에서 벗어나 자기를 인정하고 사랑할 있는 !

सानो नराम्रो वानीबाट टाढा भई आफुलाई स्विकार गर्दै माया गर्न सक्नु!

'나는 이만하면 됐다',

म यती मात्र  गरे हुन्छ

'나는 누가 뭐래도 내가 나를 인정한다.'

जसले जे भने पनि म आफु आफैलाई स्विकार गर्छु

라고 있는 것입니다.

भन्न सक्नु नै आत्मविश्वास वा आत्मवल हो।

Tuesday, November 11, 2008

नेपालका क्याम्पसहरु

Adarsha Kanya Niketan Campus
Mangalbazar, Lalitpur
Tel: 521488

Agriculture Campus
Kathmandu
Tel: 261714

Amrit Science Campus
Lainchaur, Kathmandu
Tel: 211637, 410408

Ayurved Campus
Naradevi, Kathmandu
Tel: 259182

Balmiki Campus
Kathmandu
Tel: 227193, 227676

Baneshwor Campus
Baneshwor, Kathmandu
Tel: 471757

Bhaktapur Campus
Bhaktapur
Tel: 613199, 610200

Birendra Sainik Residential Campus
Bhaktapur
Tel: 610331

Bishwo Niketan Science Campus
Tripureshwor, Kathmandu
Tel: 217335

Biswabhasa Campus
Kathmandu
Tel: 226713

Campion College
Kupondole, Lalitpur
Tel: 529268, 521753

Central Campus
Maharajgunj, Kathmandu
Tel: 422973, 410911

College of Software Engineering
Putalisadak, Kathmandu
Tel: 227380, 256769

Deurali Campus
Ganabahal, Kathmandu
Tel: 216840

Education Campus
Kathmandu
Tel: 211681

Engineering Campus
Pulchowk, Lalitpur
Tel: 522809, 521260

Hiralal Campus
Thahity, Kathmandu
Tel: 215961

Jana Bhawana Campus
Lalitpur
Tel: 413538, 428446

Kailashkut Multiple Campus
Tangal, Kathmandu
Tel: 410807

Kanya Campus
Dillibazar, Kathmandu
Tel: 215926

Kathmandu Campus
Kathmandu
Tel: 213333

Kathmandu Institute of Science & Technology
Kamalpokhari, Kathmandu
Tel: 423178, 411890

Kathmandu School of Management
Kamalpokhari, Kathmandu
Tel: 472736

Kathmandu Women's College
P.O. Box 8207
Kathmandu
Tel: 271243, 528313

Koteshwor Multiple Campus
Koteshwor, Kathmandu
Tel: 470306

Lalitkala Campus
Bhotahity, Kathmandu
Tel: 249681, 222681

Lalitpur College
Kupondole, Lalitpur
Tel: 524240, 522535

Lasalle College
Kamaladi, Kathmandu
Tel: 244017, 225984

Mahendra Multiple Campus
Tahachal, Kathmandu
Tel: 271728

Namuna Machhindra Campus
Lagankhel, Lalitpur
Tel: 521156

Nava Durga Multiple Campus
Bhaktapur
Tel: 612067, 610202

Nepal Administrative Campus
P.O. Box 2152
Jawalakhel, Lalitpur
Tel: 523517, 522002

Nepal Commerce Campus
P.O. Box 2465
Min Bhawan, Kathmandu
Tel: 482748, 482344

Nepal Law Campus
Kathmandu
Tel: 225358

Nepal Engineering College
P.O. Box 10210
Kupondole, Lalitpur
Tel: 521753

Nepal Medical College
Jorpati, Kathmandu
Tel: 486008, 486009

Nepal Science Campus
Kathmandu
Tel: 228681

Nursing Campus
Maharajgunj, Kathmandu
Tel: 419266, 411723

Padma Kanya Campus
Bagbazar, Kathmandu
Tel: 221712

Patan Multiple Campus
Patan, Lalitpur
Tel: 521394, 522076

Patan Nursing Campus
Man Bhawan, Lalitpur
Tel: 521634

People's Campus
Paknajole, Kathmandu
Tel: 251412, 251990

Public Administration Campus
Tripureswor, Kathmandu
Tel: 261909

Public Youth Campus
Dhobochour, Kathmandu
Tel: 214025

Pulchowk Campus
Pulchowk, Lalitpur
Tel: 522809, 521260

Ratna Rajya Laxmi Campus
Kathmandu
Tel: 225819

Samudaik Swasthya Institute
Bijulibazar, Kathmandu
Tel: 245225

Sanothimi Campus
Sanothimi, Bhaktapur
Tel: 610783

Saraswati Multiple Campus
Lainchour, Kathmandu
Tel: 411971, 412272

Shankar Dev Campus
Putalisadak, Kathmandu
Tel: 226931, 226490

Shree Mahalaxmi Campus
Lubhu, Kathmandu
Tel: 290603

Siddhartha Banasthali Science Campus
Balaju, Kathmandu
Tel: 272075, 270884

St. Xavier's Campus
Maitighar, Kathmandu
Tel: 221365

Thapathali Campus
Thapathali, Kathmandu
Tel: 246465, 246307

Tri-Chandra Campus
Ghantaghar, Kathmandu
Tel: 244047, 221253

Viswa Niketan Science Campus
P.O. Box 8908
Tripureshwor, Kathmandu
Tel: 230878

Monday, November 10, 2008

अमेरिकी निर्वाचनबाट सिक्नुपर्ने पर्ने

विश्व शक्तिकेन्द्र संयुक्तराज्य अमेरिकाको चवालिसौं राष्ट्रपति पदको निर्वाचन परिणाम सार्वजनिक भएपछि विजयी डेमोक्र्याट पार्टीका बाराक ओवामा र निकटतम प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका जोन म्याक्केनले गरेका भाषण संसारभर चर्चाका विषय रहे । ती भाषण नेपालजस्तो समस्याग्रस्त, गरिब र सङ्क्रमणकालको कठिन मोडमा खडा भएको मुलुकका नेताहरुलाई साँच्चै शिक्षाप्रद हुनसक्छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि ओबामाले आफ्ना प्रतिद्वन्द्वीको निस्वार्थी र साहसी नेता भनेर मुक्त कण्ठले प्रसंसा गरे । जिम्मेवारी काँधमा आएपछि सबैको सहयोग जुटाउनु पर्ने भएकोले उनले त्यस्तो अभिव्यक्ति दिनुलाई स्वाभाविक मान्न सकिन्छ । तर पराजयको पीडा भुल्दै म्याक्केनद्वारा अभिव्यक्त विचारले भने सबैलाई सोच्न बाध्य तुल्याएको छ । उनले ओबामाको मुक्तकण्ठले प्रशंसा गर्दै अमेरिकाले उनीमाथि गर्व गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । त्यो उच्च राजनीतिक, सांस्कृतिक द्योतक हो ।

हामीकहाँ संविधानसभाको निर्वाचन भएको सात महिना पूरा हुनलागेको छ । यति समय वितिसक्दासम्म निर्वाचनको सन्दर्भमा प्रतिद्वन्द्वीबीच बसेको तुस भेटिएको छैन । चुनाव पराजयबाट लागेको घाउ वर्षौसम्म भुल्न नसक्ने अल्पविकसित मुलुकका राजनीतिज्ञले मेक्केनबाट पाठ सिक्नै पर्छ । हुनत ओबामा र म्याक्केन दुवैका अभिव्यक्ति औपचारिकता पूरा गर्ने ध्येयबाट व्यक्त भएका हुन् । तर तिनले प्रवाह गर्ने सन्देशको महìव असीमित छ । हरदम आग्रह पूर्वाग्रहलाई केन्द्र मानेर राजनीति गर्ने नेपालका राजनीतिक पार्टीहरुलाई अमेरिकी निर्वाचनले त्यति महìव नराख्ला तर नाराको घेराबाट माथि उठेर देश र जनताको हितका लागि केही गर्छु भन्ने संकल्प गर्ने हो भने त्यसलाई महìवपूर्ण पाठको रुपमा ग्रहण गर्नुपर्छ ।

चुनाव जितेपछि जित्नेले मैमत्त भएर विरोधीको पत्तासाफ भएको दाबी गर्दै अहंकार प्रदर्शन गर्ने र हार्नेले धाँधली गरेको आरोप लगाउने परम्परामा अभ्यस्त हामी नेपालीका लागि पनि त्यो घटना उदाहरणीय भएको छ । अमेरिकालाई साम्राज्यवादी भनेर त्यसका हरपक्षको खेदो खन्ने हामीले सिक्नुपर्ने र आत्मसात् गर्नुपर्ने थुपै्र कुरा रहेछन् भन्ने यो चुनावले देखाइदिएको छ । हुनत सकारात्मक पक्ष सबैमा निहित हुन्छ तर हामी नराम्रा कुरा तत्काल टिप्छौं, त्यसको नक्कल पनि गर्छौं, सकारात्मक पक्षलाई चाहिँ वास्तै गर्दैनौं । यो हाम्रो पुरानो रोग हो । यसलाई उपचार गरेर निको नपारी हामी जस्तासुकै नारा लाए पनि जति क्रान्तिकारी भाषण गरे पनि पटक्कै अघि बढ्न सक्दैनौं ।

अमेरिकी चुनावपछि दुई मुख्य प्रतिस्पर्धीले देखाएको व्यवहारबाट हाम्रा पार्टी र नेताले सिक्ने धेरै कुरा छन् । सबभन्दा पहिले तिनले राजनीति संस्कार र संस्कृकति सिक्नुपर्छ । राजनीति भनेर श्रेष्ठ नीति हो, सभ्य, सुसंस्कृत र धैर्य नभएको व्यक्तिको हातमा नेतृत्व जाँदा त्यसले विनाश निम्त्याउँछ । त्यसको विपरीत सहनशील, योग्य र सक्षम नेतृत्वले राजनीति सञ्चालनको जिम्मा पाउँने हो भने पछौटे मुलुकलाई पनि उन्नतिको सिखर छुन समय लाग्दैन ।

राजनीतिलाई सधैँ वाद, विचार र सिद्धान्तको घेरामा सीमित राख्ने हामीले कहिल्यै मूल्यको राजनीति गरेनौं । मूल्यबोधको अभावमा वाद, सिद्धान्त, विचार जस्ता कुरा फगत आडम्बरयुक्त फोस्रा नारामा सीमित भए । कुनै पनि वादको प्रयोजन देखिएन । सत्ता प्राप्त गर्ने अस्त्रको रुपमा तिनलाई प्रयोग गरियो । तर व्यवहारमा जाँचेर त्यसको औचित्य साबित गर्ने प्रयास गरिएन ।

रुढीवादी परम्पराले गर्दा राजनीतिक दलहरु दूरदर्शी, समयसापेक्ष र परिणाममुखी बाटोतर्फ अग्रसर हुन सकेनन् । गतिशीलतालाई लत्याएर जडसूत्रवादलाई समात्दाको परिणाम मुलुकले अहिले भोगिरहेको छ । यदि यो बाटो परिवर्तन नगर्ने हो भने हामी युगयुगसम्म संस्कारहीनताको सिकार हुनेछौं । गरिबी, अभाव र बेरोजगारी हाम्रो पर्याय बन्नेछ ।

यो हालतबाट माथि उठ्न पनि अमेरिकी निर्वाचनबाट हाम्रा नेताहरुले पाठ सिक्नु जरुरी छ । चुनाव हारेपछि म्याक्केनले ओवामालाई पूर्णरुपले सहयोग गर्ने वचन दिएका छन् । संविधान बनाउने जस्तो कुरामा अनावश्यक विवाद गरेर समय बर्बाद गर्ने हाम्रा लागि त्यो एउटा हाँक जस्तो लाग्छ ।

हामी राजनीतिलाई स्वस्थ, प्रतिस्पर्धात्मक र पारदर्शी बनाउने दिशामा कहिल्यै अग्रसर भएनौं । षड्यन्त्र, जालझेल, र खुराफात गरेर पद हासिल गर्नुलाई राजनीतिको धर्म ठान्ने हाम्रा लागि अमेरिकाको त्यो निर्वाचन एउटा गतिलो शिक्षा हुनसक्छ ।

हाम्रा नेताहरुले अमेरिकाको निर्वाचनबाट सिक्नुपर्ने अर्को पाठ हो । मुलुकको उन्नति र संवृद्धिलाई राजनीतिबाट अलग राख्नुपर्ने कुरा राष्ट्रियता, प्रजातन्त्र, मानवअधिकार र मुलुकको सर्वतोमुखी विकासका मुद्दा सबैका साझा हुन्छन् । तिनलाई दलीय स्वार्थको दलदलबाट निकाल्नै पर्छ ।

मुलुकको हितको सवालमा सबै भारतीयहरु एक हुन्छन् । राष्ट्रियताको विषयमा चिनियाहरु एकमत हुनसक्छन् तर हामी त्यसमा पनि दलीय स्वार्थ घुसाउँछौं । दलीय स्वार्थको सिकार भएर नै मुलुक आर्थिक विकासमा पछि परेको हो । हाम्रो गरिबीको कारण हामै्र राजनीतिमा निहित छ । शान्ति प्रक्रिया समयमै पूरा गर्ने हो, निर्धारण अवधिमै संविधान निर्माण गर्ने हो, कङ्गाल, मुलुकलाई समृद्धिको शिखरमा पुर्‍याउने हो र जनताका अधिकार सुनिश्चत गरेर तिनलाई पनि यो महायज्ञमा सामेल गराउने हो भने हाम्रा नेताहरुले अमेरिकाको चुनावबाट पाठ सिक्नै पर्छ ।

के कुरामा असहमति राख्ने र असहमतिलाई कुनै बेला प्राथमिकता दिने, सहमतिका विषय के हुन् र तिनलाई कुन समयमा कसरी अघि बढाउनुपर्छ भन्ने ज्ञान शान्ति प्रक्रियामा रहेको हाम्रो मुलुकका नेतालाई अमेरिकी निर्वाचनले राम्ररी दिनसक्छ ।

हामी आर्थिक रुपले जति गरिब छौं सांस्कृतिक रुपले पनि त्यति नै दरिद्र देखिएका छौं । सामाजिक, राजनीतिक र सांस्कृतिकस्तर उठाएर मात्र हामीले समृद्धि हासिल गर्न सक्छौं । मुलुकको उन्नतिका लागि योजना, नीति कार्यक्रमको जति आवश्यकता पर्छ त्यसलाई कार्यान्वयन गर्न समझदारी र सुझबुझको पनि त्यति नै खाँचो पर्छ ।

-प्रभुनारायण बस्ने

श्रोत: विचार विवेचन, गोरखापत्र 

चेतल्याण्डको विचार

बास्तबमा नेपाली राजनितिज्ञहरु पनि नेपाली  नागरिक नै हुन् तर यिनीहरुले अमेरिकाको शैली र सिद्धान्तबाट केही नसिके पनि नेपाली जनताबाट नै सिक्नुपर्ने कुराहरु धेरै छन्। हिजो राणाशाषणको बिरुद्धमा उत्रि बिजय हासिल गर्ने हामी नेपाली नै   पंचायत शाषनलाई छेउ लगाएर बहुदलिय प्रजातन्त्रको स्थापना गर्दै  सयौं बर्षे पुरानो शाहबंशिय शाषनको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्न सफल भएका छौ जुन युद्ध नेपाली जनताको हित र नेपालको संरक्षणको लागी भएको हो र हुने पनि छ। नेपाली जनतालाई नेपालको त्यती माया  र ममता छ भने नेपाली प्रतिनिधिहरु किन अझै पनि घमण्डमा नै रुमलिरहेका होलान्?

Saturday, November 8, 2008

यो पनि जानी राखौ

विज्ञानका नया नया आविष्कारले हामीलाई सजिलो पारेको छ, त्यत्तिकै अप्ठेरो पनि पारेकै छ । मोबाइल फोनबाट गीत-संगीत सुन्ने अस्ट्रेलियाली युवामध्ये ७० प्रतिशतको श्रवणशक्ति ह्रास भएको कुरा त्यहाँ श्रवणशक्ति सम्बन्धमा हालै गरिएको सर्वेक्षणबाट पत्ता लागेको छ । उमेर ढल्किएकाहरूभन्दा पनि १८ देखि ३४ वर्ष उमेर भएका मानिसहरूको श्रवणशक्ति बढी क्षय भएको सर्वेक्षणले निष्कर्ष निकालेको छ । मोबाइल फोनबाट गीत-संगीत सुन्ने १,००० जना अस्ट्रेलियालीहरू माथि गरिएको सर्वेक्षणको क्रममा सो कुरा पत्ता लागेको हो । सर्वेक्षणका क्रममा सम्पर्कमा आएकामध्ये दुई तिहाइले आफूले मोबाइल फोनमार्फत गीत-संगीत सुन्ने गरेको जानकारी दिए । त्यसरी जानकारी दिनेमध्येमा ६० प्रतिशतले सुरक्षित भोलमभन्दा बढी भोलममा गीत-संगीत सुनेका थिए ।

मेवाको खेती नेपालमा धेरै हुन्छ । पाकेको मेवा मीठो हुनुका साथै रोगको उपचारमा पनि महìवपूर्ण हुन्छ । मेवामा 'पापेन' भन्ने पाचन क्रियामा सहयोग पुर्‍याउने तत्व पाइन्छ । यो तत्वले हामीले खाएका प्रोटिनलाई छिटो पचाउन सहयोग गर्छ । प्रोटिन पचाउन गार्‍हो हुने रोगीका लागि मेवा अत्यन्त लाभदायक हुन्छ । मेवामा चिनी तत्व कम हुन्छ भने चिल्लो तत्व ज्यादै थोरै हुन्छ । त्यसैले मधुमेहका रोगी र रक्तनलीमा बढी बोसो जमेका रोगीका लागि अमृत समान छ ।

त्यस्तै तर्बुजा पनि गर्मीमा बढी खाइने फलफूल हो । शरीरभित्रको गर्मी हटाउने गुण यसमा छ । गर्मी शरीर भएका मानिसले यो खानुपर्छ । तर्बुजामा भिटामिन ए, बी-१, बी-२, सी, ग्लुकोज, ग्लुटाभिक एसिड आदि तत्वहरू प्रशस्त पाइन्छ । तर्बुजाको गुण ठण्डा छ । बढी खाएमा बेफाइदा गर्छ । यो बढी खाएमा फियो र पाचन थैलीलाई हानि पुर्‍याउँछ । त्यसैले पाचन थैली र आन्द्राभुँडीका रोगी तथा मिर्गौलाका रोगी र सधैं पातलो दिसा हुने मानिसले तर्बुजा कम खानुपर्छ । रुघा लागेको बेला खानु हुँदैन । तातोपन हटाउने , गर्मी मार्ने, तीर्खा मेट्ने, पिसाब खुलाउने, पसिना हटाउने र उच्च रक्तचाप -हाइब्लड प्रेसर) का रोगीलाई निकै फाइदा गर्छ ।

हिमाल थापा

श्रोत : मुना

Wednesday, November 5, 2008

वाई.सी.एल र युथ फोर्सका कारण देश सङ्कटतर्फ

लम्की -कैलाली), कात्तिक १९ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सेना समायोजन गर्न गठन गरिएको विशेष समिति नेकपा -माओवादी ले एकलौटी रूपमा गठन गरेकोले नेपाली काङ्ग्रेस त्यसमा बस्न नचाहेको बताउनुभएको छ ।

मङ्गलबार लम्कीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाईसीएल र युथ फोर्सका कारण देश सङ्कटमा जान लागिरहेको आरोप लगाउँदै ती सङ्गठनमाथि तत्काल नियन्त्रण गरिनुपर्ने बताउनुभयो ।

प्रेस युनियन लम्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवाले काङ्ग्रेस सरकारबाहिर बसेको भए पनि बाढीपीडितहरूको पुनःस्थापनाका लागि भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि कैलालीको नारायणपुर, धनसिंहपुरलगायतका बाढी प्रभावित गाविसको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

निरीक्षणका क्रममा संसद्मा बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना, पुनः निर्माणका लागि प्रस्तुत गरिएको सङ्कल्प प्रस्ताव पारित भइसकेर पनि कार्यान्वयन नभएको बताउँदै आफू राजधानी फर्केर कार्यान्वयनका लागि पहल गर्ने जानकारी दिनुभयो ।

बाढीपीडितका समस्याप्रति सरकार गम्भीर नभएको आरोप उहाँले लगाउनुभयो ।

श्रोत: गोरखापत्र

छिट्टै सुरु हुन्छ संविधान लेखन

काठमाडौँ, कात्तिक २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानसभा अब संविधान लेखन कार्यको थालनीको क्रममा पुगेको र अबको एकाध हप्तामा संविधान लेखन कार्यको थालनी हुने बताउनुभएको छ ।

नेपाल-जापान समन्वय परिषद्द्वारा राजधानीमा बुधबार आयोजित सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले अब बन्ने संविधान परम्परागत र औपचारिकता मात्र पूरा गर्ने खालको नभई गाउँ, सहर तथा विभिन्न जातजाति र समुदायको अपेक्षा र भावना प्रतिविम्बित गर्ने होस् भन्ने चाहेको बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्रीले सबैलाई समेट्ने समावेशी संविधान बनाउने काम त्यति सहज नभएको उल्लेख गर्दै समावेशी संविधान निर्माणका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले विश्वमा नेपालप्रतिको आकर्षण यति धेरै कहिले पनि नबढेको उल्लेख गर्दै नेपालप्रति विश्वको आँखा यति धेरै पर्नु नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि प्रेरणा र दबाब दुवै भएको बताउनुभयो ।

उहाँले नेपाल-जापानबीचको सम्बन्धमा कुनै समस्या नरहेको स्पष्ट गर्दै नेपालको विकास र शान्ति प्रक्रियामा जापानले खुला हृदयले सहयोग गरेको र नयाँ नेपाल निर्माणमा आफूहरूले जापानबाट विगतको भन्दा अझ बढी सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

सो कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवलाई सो परिषदबाट प्रदान गरिएको सम्मान प्रधानमन्त्रीले प्रदान गर्नुभएको थियो ।

सो अवसरमा मन्तव्य व्यक्त गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालमा विगतलाई हेर्ने हो भने राजनीतिक दलहरूको एकताले नै निकै ठूला अप्ठ्याराहरू पार लगाएको उल्लेख गर्दै अहिले पनि एकताबद्ध भएर समस्याहरूलाई किनारा लगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले अहिले नेपालमा भएको परिवर्तन र शान्तिका लागि सबै क्षेत्रबाट बधाइको ओहिरो लागेको उल्लेख गर्दै अहिले नै आफूहरूले पूरै बधाई थाप्ने बेला नभइसकेको र तोकिएको मितिमा संविधान लेखन कार्य सम्पन्न भएमा मात्र पूर्णरूपमा बधाई थाप्न सकिने पनि बताउनुभयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै परराष्ट्रमन्त्री उपेन्द्र यादवले नेपालले आर्थिक कूटनीतिलाई सफल र सबल बनाई जलस्रोत, पर्यटन, व्यापार र श्रम शक्तिको उपयोगजस्ता क्षेत्रमा यसलाई प्रयोग गरिने पनि सो अवसरमा जानकारी गराउनुभयो ।

उहाँले विगतमा भएको जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनले देशलाई नयाँ युगमा प्रवेश गराएको र अहिले देश समावेशीकरणको दिशामा अगाडि बढेको बताउनुभयो ।

सो कार्यक्रममा नेपालका लागि जापानी राजदूत तात्सु मिजुनोले नेपाल अहिले नयाँ युगमा रहको र नेपालमा आर्थिक विकास र सम्मुन्नतिको पर्याप्त सम्भावना रहेको बताउनुभयो ।


श्रोत : गोरखापत्र