Wednesday, October 17, 2007

आकाशको पानी

बादल तड्पीरहेको छ
कसैको खोजिमा, कसैको रोजिमा
गड्याङ गुडुङ भड्कीरहेको छ
कसैलाई तड्पाउन, कसैलाई फकाउन।

बर्षा चलिराखेको छ
कसैलाई रुझाउन, कसैलाई भिजाउन
बादल दौडिराखेको छु
कसैलाई भेटाउन, कसैलाई भुल्न।

बादल तड्पीरहेको छ
यो मन भड्कीरहेको छ
आँसु बगिराखेको छु
मुटु दुखिराखेको छु
कसैको खोजिमा, कसैको रोजिमा।

चेत बुढाथोकी

No comments: