Saturday, October 20, 2007

राजनिति र राजनितिज्ञ

रमाईलो छ नेपालको राजनिति
रमाईला छन् नेपालका राजनितिज्ञ
ठुलो सोरले भाषण दियो भने नेता बन्न र
दाह्री लामो पारेर ढुङ्गा मुढा गर्यो भन्न मसाल बन्न सजिलो छ।
रमाईलो छ नेपालको राजनिति।
 
कुरो र कुलो जँहा पनि जान्छ
तर पानी उँधो मात्र जान्छ भन्ने राम्रो थाहा
पाएका नेताहरु,
कुरो राम्रो बोल्छन, मिठो बोल्छन
जनताको लागि युद्ध गर्छौ भन्ने  बिश्वाश दिलाउछन।
तिर्खाएका जनतालाई मरुभुमितिर धकेल्छन
कुकुरले हड्डि छोड्ला
तर नेताहरु पानीको मुल छोड्दैनन्।
रमाईलो छ नेपालको राजनिति
रमाईला छन्  नेपालका राजनितिज्ञ।
 
जनताको लागि युद्धको घोषणा गर्ने नेताहरु
देशको शुरक्षाको लागि युद्ध शुरु गर्ने नेताहरु
जनतालाई अगाडि पठाउछन्
जनतालाई जनताबाटै मारिन्छन
आखिर लड्ने र मर्ने जनता नै हुन,
यहि बिषयलाई लिएर नेताहरु अधिबेषण बस्छन
भत्ता लिन्छन र हाँसिखेलि दशै मनाउछन।
रमाईलो छ नेपालको राजनिति र
रमाईला छन नेपालका राजनितिज्ञ।
 
नँया नेपालको श्रिजना गर्ने भाषण दिन्छन
दिनदिनै नेपाल भत्काउछन् बिगार्छन
दिनदिनै परिबर्तन हुने नेपालको नाममा
नेताहरु बाच्न पाएका छन्।
 
अब नेपाललाई राजनितिज्ञको खाँचो छैन
नेपाललाई त कडा परिश्रम गर्ने नेपालीको आवश्यकता छ
मेरो घर पनि नबनाउने, अरुको घर पनि भत्काईदिने नेताहरुको खाँचो हैन
भत्केका घरहरुको मर्मत गर्ने कर्मिहरुको खाँचो छन।
टुहुरा बच्चाबच्चिहरु, बिधुवा महीलाहरु र
छोरालाई पहिले स्वर्गको ढोकातिर घचेटिदिने बाउहरु देख्न नपर्ने
शान्तिमय र बिकसित नेपालको अपेक्षा छ।
 

No comments: