Thursday, October 18, 2007

दशै आयो

घर वरिपरि
रंगिबिरंगि फुलहरु
शरिरमा रंगिबिरंगि
बस्त्रहरु
अनुहारमा उज्याला मुस्कानहरु
ह्रदयमा बिभन्न उत्सुकताहरु

आँशुले भरिएका अनुहार हासोले
हासोले भरिएका अनुहार आँशुले
ठन्डिले कठाङ्ग्रीएका हस्तहरु
ह्रदयको तातो मायाले
बिर्सेका यादहरु
आधिबेहरी झै लरबराई राखेका छन।

कसैको यादमा आँसु
कसैको यादमा मुस्कान
कसैको यादमा तितो स्मरण
कसैको यादमा शुन्दरमय संसार

दशै आएर पो रहेछ।

No comments: