Friday, October 19, 2007

किन होला

हिजो हिजो नै हो
आज पनि आज नै हो
भोलि पनि भोलि नै हुन्छ
तर आज किन होला
मेरो मुटुको धड्कन बढेको छ।
 
आकाशबाट बर्सेको पानीले
शरिर निथ्रुकै भिजाएपनि पानी पानी नै हो।
आँखाबाट खसेका आँसुका थोप्लाहरु
गालाबाट नै बिलाएपनि
ह्रदयलाई चुर्लुम्मै डुबाउन सक्छन।
 
आँखाको एक थोप्ला आँशु भन्दा
आधिबेहरि खप्न सजिलो हुन्छ।
कसैको एक बचन बाण जस्तो बोलि
जिउदै मृत्युको ढोका ढकढकाए जस्तो लाग्छ।