Sunday, September 28, 2008

कुन थरको उद्भव कहा ?

कुन थरको उद्भव कहा ?
भीष्म बास्कोटा

नेपालको पश्चिमी भूभाग धर्म, सभ्यता, संस्कृति, कला, वास्तुकला आदि विविध दृष्टिकोणले नेपाली संस्कृतिको भण्डार स्थलकै रूपमा रहेको छ । यो क्षेत्र नेपाली सभ्यता र संस्कृतिको उर्वर भूमि हो, नेपाली संस्कृतिको मुख्य आधार क्षेत्र हो । ऐतिहासिक अध्ययन होस् वा धार्मिक, सांस्कृतिक एवं वास्तुकलात्मक अध्ययन - यो क्षेत्रको खोज एवं अन्वेषणबिना सिङ्गो नेपाली सांस्कृतिक अध्ययन अधुरो नै रहन्छ । मानवशास्त्रीय अध्ययन र खोजका दृष्टिले पनि यो क्षेत्र प्रशिद्ध र उल्लेख्य रहेको छ । यस क्रममा अधिकांश ब्राहृमणहरूका थर विशेषतः कर्णाली, महाकाली र सेती अञ्चलका विभिन्न जिल्लाका विभिन्न ठाउका नामका आधारमा रहन गएको बुझिन्छ ।


हाल नेपालमा रहेका ब्राहृमणहरूका थर अधिकांश गाउ, ठाउ, पर्वत, गुफा, खोला र पेशा आदिको नामबाट रहेका छन् । उदाहरणका लागि, खन गुफाबाट सरेकालाई खनाल र रिजेबाट अन्यत्र हिँडेकालाई रिजाल भनिन्छ । त्यसैगरी अर्जेबाट हिँडेकालाई अर्याल भनिन्छ भने थापाबाट हिडेकालाई थपलिया वा थापा भन्ने गरिन्छ । घिमिबाट अगाडि बढेकालाई घिमिरे र पोख्रेबाट हिँडेकालाई पोख्रेल भनिन्छ । त्यस्तै ढुङ्गेर्कबाट हिँडेकालाई ढुङ्गेल भनिन्छ भने ढकेबाट हिाडेकालाई ढकाल भन्ने गरिएको छ ।



बास्कोटेहरू बास्कोटा भएका हुन् । उनीहरू बास्कोट भन्ने ठाउबाट अन्यत्र गएकाले बाास्कोटा थरबाट चिनिए । यस्ता अरु थरहरू पनि धेरै छन् । डा. स्वामी प्रपन्नाचार्यले लेख्नुभएको छ - "खनाल, रिजाल, अज्र्याल, भूर्तेल, थपलिया आदि जसरी बने त्यसरी नै भट्ट, उपाध्याय, पाण्डेय, पौडेल आदि पनि आ-आˆनै गाउ, घर, पेशा र खोलानाला आदिबाट बनेका छन् ।''


रेग्मीहरू रेग्मी हुनुभन्दा पहिले जोशी थिए भने आचार्यहरू आचार्य हुनुभन्दा पहिला भट्ट थिए । हाल भट्टलाई जाति भन्ने अर्थ लगाइए पनि वास्तवमा भट्ट भनेको पद विशेष हो । शास्त्रार्थमा विशेष दक्षता राख्ने व्यक्तिलाई भट्ट भनिन्छ । भट्टबारे प्रपन्नाचार्यले उल्लेख गर्नुभएको छ, "विद्वान् शास्त्रार्थ कुशल र लडाइमा वीरता देखाउनेलाई भट्ट भनिन्छ ।'' त्योभन्दा पूर्व उनीहरू के थिए भन्ने कुरा भने स्पष्ट छैन ।
सुदूर पश्चिमको अछाम जिल्ला विभिन्न थरहरूको उद्गमस्थलका रूपमा प्रशिद्ध छ । यहाका अधिकांश थरहरू ठाउाका आधारमा रहेका छन् । अछाम जिल्लाबाट बाहिर बसाइँ सरेकाहरूले सोही ठाउका आधारमा आ-आफ्ना थर कायम गरेको पाइन्छ । उदाहरणका लागि, तिमिल्सैनबाट गएका तिमिल्सैना, कुइँकाबाट गएका कुइकेल, बजगाउबाट गएका बजगाई, रिमाबाट गएका रिमाल वा रिजाल, घोडासैनबाट गएका घोडासैनी, रेगमबाट गएका रेग्मी भएको भनिन्छ । त्यस्तै भूर्तीबाट भूर्तेल, बाडाबाट बडाल, बस्तोलाबाट बास्तोला, लयाटीबाट लुइटेल, कालागाउबाट कालागाईं भएको मानिन्छ भने ढाकुबाट ढकाल, ढुङ्गानीबाट ढुङ्गाना, वस्तीबाट बस्नेत, पुडासैनबाट पुडासैनी, बस्काटीयाबाट बाास्कोटा र ढुङ्गाचाल्नाबाट ढुङ्गेल भएका हुन् । यी सबै ब्राहृमणहरू पूर्वीया हुन् भन्नुहुन्छ अछाम बयलपाटा निवासी ७१ वषर्ीया वृद्ध तेजप्रसाद उपाध्याय । उहाका अनुसार अछामका विभिन्न ठाउहरूको आधारमा अधिकांश ब्राहृमण थरहरूको नामकरण गरिएको छ । त्यसैले पनि यो जिल्ला प्रसिद्ध र महìवको बन्न पुगेको छ ।
यतिमात्र नभएर अछाम जिल्लालाई अन्य थरहरूको पनि पुख्र्यौली थलो मानिन्छ । कुवर पुर्खाहरूको पैतृक थलो जनालीकोट हो । यस्तै महìव बोकेको अर्को ठाउँ हो - अछामकै मष्टामाडौंस्थित सेरा गाउा । यो गाउँ काश्यप गोत्रीय कवाली अधिकारीहरूको पुख्र्यौली थलो हो । प्रमुख वासिन्दा क्षेत्री रहेको यस जिल्लामा ठकुरी, ब्राहृमण, मुसलमान -मिया वा चुरेटी), कामी, दमाईं आदिको बसोबास रहेको पाइन्छ । यस्ता महìव बोकेका स्थलहरूको थप खोज र अनुसन्धान आवश्यक छ ।

यो पनि जानी राखौ

यो पनि जानी राखौ

विज्ञानका नया नया आविष्कारले हामीलाई सजिलो पारेको छ, त्यत्तिकै अप्ठेरो पनि पारेकै छ । मोबाइल फोनबाट गीत-संगीत सुन्ने अस्ट्रेलियाली युवामध्ये ७० प्रतिशतको श्रवणशक्ति ह्रास भएको कुरा त्यहाँ श्रवणशक्ति सम्बन्धमा हालै गरिएको सर्वेक्षणबाट पत्ता लागेेको छ । उमेर ढल्किएकाहरूभन्दा पनि १८ देखि ३४ वर्ष उमेर भएका मानिसहरूको श्रवणशक्ति बढी क्षय भएको सर्वेक्षणले निष्कर्ष निकालेको छ । मोबाइल फोनबाट गीत-संगीत सुन्ने १,००० जना अस्ट्रेलियालीहरू माथि गरिएको सर्वेक्षणको क्रममा सो कुरा पत्ता लागेको हो । सर्वेक्षणका क्रममा सम्पर्कमा आएकामध्ये दुई तिहाइले आफूले मोबाइल फोनमार्फत गीत-संगीत सुन्ने गरेको जानकारी दिए । त्यसरी जानकारी दिनेमध्येमा ६० प्रतिशतले सुरक्षित भोलमभन्दा बढी भोलममा गीत-संगीत सुनेका थिए ।

मेवाको खेती नेपालमा धेरै हुन्छ । पाकेको मेवा मीठो हुनुका साथै रोगको उपचारमा पनि महìवपूर्ण हुन्छ । मेवामा 'पापेन' भन्ने पाचन क्रियामा सहयोग पुर्‍याउने तत्व पाइन्छ । यो तत्वले हामीले खाएका प्रोटिनलाई छिटो पचाउन सहयोग गर्छ । प्रोटिन पचाउन गार्‍हो हुने रोगीका लागि मेवा अत्यन्त लाभदायक हुन्छ । मेवामा चिनी तत्व कम हुन्छ भने चिल्लो तत्व ज्यादै थोरै हुन्छ । त्यसैले मधुमेहका रोगी र रक्तनलीमा बढी बोसो जमेका रोगीका लागि अमृत समान छ ।

त्यस्तै तर्बुजा पनि गर्मीमा बढी खाइने फलफूल हो । शरीरभित्रको गर्मी हटाउने गुण यसमा छ । गर्मी शरीर भएका मानिसले यो खानुपर्छ । तर्बुजामा भिटामिन ए, बी-१, बी-२, सी, ग्लुकोज, ग्लुटाभिक एसिड आदि तìवहरू प्रशस्त पाइन्छ । तर्बुजाको गुण ठण्डा छ । बढी खाएमा बेफाइदा गर्छ । यो बढी खाएमा फियो र पाचन थैलीलाई हानि पुर्‍याउाछ । त्यसैले पाचन थैली र आन्द्राभुँडीका रोगी तथा मिर्गौलाका रोगी र सधैं पातलो दिसा हुने मानिसले तर्बुजा कम खानुपर्छ । रुघा लागेको बेला खानु हुँदैन । तातोपन हटाउने , गर्मी मार्ने, तीर्खा मेट्ने, पिसाब खुलाउने, पसिना हटाउने र उच्च रक्तचाप -हाइब्लड प्रेसर) का रोगीलाई निकै फाइदा गर्छ ।

हिमाल थापा
श्रोत : मुना पत्रिका