जुरुक्क उठेर जब बाहिर हेर्छु, हुस्सु र कुहिरोले ढाकेको छ
थाहा छैन कसैलाई त्यस अन्धकार हुस्सु भित्र के राखेको छ
जब घामको ताप बढ्दै जान्छ, जान्छ त्यो सव अन्धकार
यहि नै होला भनेको समयले गर्छ हरेकको उपचार।
यो मनको पिडा र ब्यथा पनि हराएर जाने छ होला एकदिन
त्यस्तै तातो र न्यानो घामको आवश्यकताको महशुस भईराखेको छ प्रतिदिन
बाच्नै पर्छ हरेक चोट र पिडाहरु विर्सेर
आखिर यहि नै रहेछ जीवन बिताउनु पर्ने रहेछ हरपल तर्सेर।
Tuesday, October 14, 2008
Subscribe to:
Posts (Atom)