संघिय गणतान्त्रिक नेपालको घोषणा भएको पनि केहि दिन बितिसक्यो। २४० बर्षे पुरानो राजतन्त्रको अन्त्य भएर नयाँ शाषण प्रणाली शुरु भईसकेको छ। प्रत्येक नेपालीहरुको मनमा नयाँ किसिमको उत्साह र आशा बढेको छ। त्यो के को उत्साह हो भने के होला त नयाँ नेपालको रुप? २०४६को जनआन्दोलन पछि पनि त्यतिबेलाका राजनितिज्ञहरु अब नयाँ नेपालको श्रिजना गर्ने छौ भनेर भाषण दिएका थिए र हामीहरुले बिश्वाश पनि गरेका थियौं। तर के भयो त नेपालको रुप? झन्डै २० बर्ष जति बितिसक्यो र अझै पनि तिनै नेताहरु हामीलाई नयाँ नेपालको निर्माण गर्ने आश्वासन दिदैंछन। त्यो के र कुन नयाँ नेपाल होला? कम से कम २० बर्ष अघि अहिले जस्तो बन्दुख र खुकुरी बोकेर अरुको हत्या र हिंसामा लाग्ने मान्छे त कमै थिए। त्यतिबेला अहिले जस्तो रगतको खोलो देख्नु त परेको थिएन। त्यतिबेला बालबच्चाहरुलाई प्रयोग गरेर क्रान्तिको ज्वाला त फिजाउने कसैले आँट गरेका थिएनन्।
अबका २० बर्ष पछिको नया नेपाल साँच्चैकै सिँगापुर बन्ला त? साँच्चै नै हामीजस्ता बेरोजगारि युबायुबतीले हल्लेर नारा जुलुसमा सामेल नभएपनि होला त? के साँच्चै शान्ति के हो भन्ने आम नेपालीले महसुस गर्न पाईन्छहोला त? हामीलाई सिँगापुर हैन हाम्रै नेपाल चाहिन्छ। शान्तिको भुमी नेपालनै सबै भन्दा उत्तम छ।
गणतन्त्र घोषणा भएको ५ दिन बित्न नपाउदै राजनितिक नेताहरु राष्ट्रपति को भन्ने बिषयमा बिबाद गर्न शुरु गरिसके। उनिहरु अब नयाँ नेपाल हैन नयाँ कुर्चि र सम्मान तयार गर्नमा ब्यस्त हुने त हैनन् आम नेपालीको मनमा शंकाको बिषय बनेको छ। नेपाली नेताहरुले राजनिती चाँहि अब छोडेर प्रजानितीमा लागे नयाँ नेपालको श्रिजना हुदैन होला र?
हेरौ अब नयाँ नेपाल कस्तो हुने रहेछ। अब पनि नयाँ नेपालको कुरा मात्र गर्ने काम चाँहि भएन भने तानशाहि पंचायत र बिश्णुका अबतार मानिने भुतपुर्ब राजा ज्ञानेन्द्रलाई मिल्काउने नेपालीले नेताहरुलाई त्यसै छोड्ने छैनन् भन्ने राजनितिज्ञहरुले नबिर्सउन होलान।
चेतल्याण्ड साइबर काफे, सल्लाघारी तिनकुनेबाट।
Friday, May 30, 2008
Subscribe to:
Posts (Atom)