Friday, November 2, 2007

माओवादी प्रस्तावको टुंगो शुक्रबार लाग्ने संभावना

संसदबाट गणतन्त्रको घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी माओवादी प्रस्तावबारे शुक्रबार अन्तिम टुंगो लगाइने नेताहरुले बताएका छन्।

संसदमा सात दलबीच मत विभाजन हुन नदिन सहमतिको खोजी गर्ने उद्देश्यले दलहरुकै आग्रहमा सभामुख सुवासचन्द्र नेम्वाङ्ले संसदको बैठक शुक्रवार बिहानसम्मकालागि स्थगित गरेका थिए।

दिनभरमा सहमति हुन नसकेपछि नेकपा माओवादीले बिहीबार नै मतदान गराउने प्रयास गरेको थियो।
आफ्ना सहयोगीहरु डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलका साथ झण्डै दिनभरजसो सिंहदरवारमा रहेका माओवादी अध्यक्ष प्रचण्डले भने, "अन्य दलहरुको आग्रहमा भोलिसम्म सहमतिको पहल गर्न शुक्रवारसम्म संसद स्थगित गर्ने सहमति भयो। "

सातदलका शीर्ष नेताहरुबीच पटक पटक भएको बैठक सहमति जुटाउन असफल भएपछि संसदमा छलफल थालिएको हो।

तर विगतमा प्रधानमन्त्री निवास वालुवाटारमा हुने गरेका सहमतिको खोजी केही दिन यता संसद भवन रहेको सिंहदरवारमा घनिभूत बनेको छ।

अघिल्ला दिनहरु जस्तै बिहीबार पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी लगायतका दलका नेताहरुबीच सामूहिक र छुट्टा छुट्टै छलफल भएका थिए, जसमा नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका झलनाथ खनालको टोली क्रियाशील थियो।

दिनभरको प्रयास सार्थक हुन नसके पनि त्यो जारी रहेको नेपाली कांग्रेसका नेता महेश आचार्यले बताए।
उनले भने, "सहमतिको प्रयत्न अन्तिम अवस्थासम्म पनि जारी रहेको छ।"

'वाम सहमति'

माओवादी अध्यक्ष प्रचण्डले सहमति हुन नसके मतदानबाट भए पनि संसदको छलफल शुक्रवार सम्पन्न गरिने बताएका छन्।

उनका अनुसार नेपाली कांग्रेस सहमतिमा नआए एमाले र माओवादी लगायतका वामपन्थी दलहरुको मत एउटै प्रस्तावमा खस्ने अवस्था छ।

माओवादीको प्रस्ताव र त्यसप्रति एमालेको संशोधन प्रस्ताव एकीकृत हुने सम्भावनाबारे उनले भने, "साँझसम्मको छलफलले सबै गणतन्त्रवादी र समानुपातिक निर्वाचन प्रणालीलाई स्वीकार्नेहरुको भोट एकै ठाउँमा पर्ने सम्भावना छ।"

त्यसको विधिबारे अध्यक्ष प्रचण्डको भनाइ थियो, "प्रस्ताव फिर्ता लिने वा एउटामा एकअर्काले मत दिने अथवा संशोधन सहितको सहमतिको अर्को नयाँ प्रस्ताव तयार हुन पनि सक्छ। "

उनले नेपाली कांग्रेससँग सहमति हुन सक्ने सम्भावना अझै बौकी रहेको पनि बताए।
तर हाम्रा काठमाण्डूस्थित संवाददाता भन्छन्, दलहरुबीच सहमतिको प्रयासले मूर्त रुप लिइनसकेकाले शुक्रवार मतदान भयो भने त्यसको परिणाम यसै हुन्छ भन्न सकिने अवस्था छैन।

अरु थप खबरको लागि यँहा थिच्नुहोस।


मेरो बिचार :
"तुरुन्तै गणतन्त्रको घोषणा नभई नहुने कारण चाँहि के होला? नेपालि जनतालाई तन्त्रको भन्दा बिकासको खाँचो छ। मन्त्र त जवानादेखि नै राम्रो थियो नि काम नभएर नेपालको अबास्था यस्तो भएको हैन र?"

चेत बुढाथोकी

कोइरालाद्वारा छिट्टै सहमतिमा पुगिने विश्वास व्यक्त

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदमा विचाराधीन माओवादी प्रस्ताववारे छिट्टै निर्णयमा पुगिने विश्वास व्यक्त गरेका छन्।

चिकित्सकहरुको राष्ट्रिय संगठन, नेपाल मेडिकल एसोसियसनको तेइसौं राष्ट्रिय सम्मेलनको उदघाटनकालागि गृहनगर बिराटनगर आइपुगेका प्रधानमन्त्री कोइरालाले अहिले उत्पन्न गतिरोध खासै ठूलो समस्या नभएको बताए।

तर सहमतिको सूत्र के हुनसक्छ भन्ने चाहिं उनले बताएनन्।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्रको घोषणासंबन्धी माओवादी प्रस्तावबारे अन्तरिम संसदको विशेष अधिवेशनमा छलफल जारी रहेपनि कुनै टुंगो लागेको छैन।

दुई घन्टा लामो बिराटनगर बसाइका क्रममा प्रधानमन्त्री कोइरालाले राजनीतिक गतिरोध अन्त्यकालागि तत्काल निष्कर्ष मा पुग्नु जरुरी रहेको बताए।

'पुच्छर अड्क्यो'
उनले भने, "हात्ती छि-यो, पुच्छर अडक्यो जस्तो भएको छ। यो समस्याको हामीले समाधान ग-यौं भने शान्ति, स्थायित्व र चुनाव पनि हुन्छ।"

हाम्रा बिराटनगरस्थित संवाददाता भन्छन्, निक्कै हतारमा देखिएका प्रधानमन्त्री कोइरालाले राष्ट्रको उन्नति संवाद र सहमतिबाट मात्र संभव हुने बताए।

उनले भने, "कुनै असमझदारी छ भने मिलाउनु पर्छ, अगाडि आइसके पछि लथालिंग पार्नुहुंदैन। पूर्णता दिनु पर्छ।"

सैनिक हेलिकोप्टरमा विराटनगर आएका कोइराला बिहीबार नै राजधानी फर्केका थिए ।
थप समाचारको लागि यँहा भिच्नुहोस्।

नेपालको राजनितिक समस्या भनेको शुरुदेखि नै रहिराखेको छ। राजनितिज्ञहरुले भनेको पुच्छर के हो आम नेपालीहरुले बुझ्नु जरुरि छ। पुच्छर किन छिर्न सकेन भनेर अगाडिबाट हेर्नु भन्दा कसैले पुच्छर तानिराखेको छ कि भनेर पछाडि हेर्नु जरुरि छ जस्तो लाग्छ।
चेत बुढाथोकी