आयो आयो भने सबले दशैं आयो भने
कसैले खसिबोका बेचेभने कसैले त्यही किन्न पैशा गने।
कोही घर फर्के भने कसैले घर छोडीहिंडे
दशैं हो की दशा हो यो कसैले यो संसार नै छोडीहिंडे।
खुशीमात्र हैन रैछ पिडा बोक्ने जीवन
कहिले हास्ने कहिले रुने यस्तै रैछ जीवन।
भित्री मन रुदारुदै बाहिर हाँस्दै हिड्नुपर्ने जीवन
दु:ख पिडाको मिश्रण रहेछ यसरी नै विताउनुपर्ने आजीवन।
माया ममताले थेग्ने केही हैन सबैलाई थाहा नै छ
रोई कराई गरेर गुमेको जीवन कसले पो फिर्ता पाएको छ।
दुइदिनको जीन्दगानी नगरौं रिस अनि राग
आफ्नो कर्तव्य निभाउँ सबैले, संरक्षण गरौं परमेश्वरले दिएको आ-आफ्नो भाग।
Monday, October 13, 2008
Subscribe to:
Posts (Atom)