बिहानको घाम झै
जिन्दगीको शुरु हुन्छ
दिउँसोको तातो राप झै
जिन्दगीले दु:ख पाँउछ।
आकाशबाट बर्सेको झरी झै
आँखाबाट आसु झर्छ
यात्रा पुरा नहुँदै फेरि अर्को रात पर्छ।
हाँस्दा हाँस्दै हाँसो हराउछ
रुदा रुदै आँसु बिलाँउछ
यादै यादमा बर्सौ बित्छ
मुटुलाई सम्झनाको भारिले थिच्छ।
म त एक यात्रि हो आज मेरो यँहि घर हो
म त एक यात्रि हो
नयाँ माटोको बास्ना सुँघ्नु मेरो लागि ठुलो अबशर हो
म त एक यात्रि हो
कहिले मेरो यात्रा पुरा हुन्छ थाहा छैन
म त एक यात्रि हो
यहि संसारमा घुमिरहन्छु।
म त एक यात्रि हो
यहि संसारमा घुमिरहन्छु।
चेत बुढाथोकी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment