Sunday, October 21, 2007

दाजुभाई

कसलाई भन्ने मेरो दाजु
कसलाई भन्ने भाइ
अनुहार भरि हाँसो भएपनि
रोईरहन्छ सुइको नपाई।
 
कसलाई भन्ने मेरो इष्ट
कसलाई भन्ने दुष्ट
एउटै घरमा बसे पनि
कहिल्यै हुन्न परिपुष्ट
 
कहिले भन्ने दिन अनि कहिले भन्ने रात
दिउसो पनि ज्योति छैन दिन्न कसैले साथ
दिनको भोक रातको निन्द्रा छैन केहि पनि
यस्तै गरि बित्ने होला हाम्रो जिन्दगानि।
 

No comments: