Thursday, October 18, 2007

माया हैन कसरि भनौ

कलिला पातहरु बुढा भएका छन
बतास लाग्यो भने झर्न तयार छन।
समय बितिराखेको छ
कसैको यादै यादमा आँशु बगिराखेको छ।
 
माया भनौ माया हैन
कहिले गाठो खुस्किन्छ थाहा छैन
खोला बगिराखेको छ
पुलको माथिबाट हिडेराखेको छु
कहिले आधिबेहरि आँउछ थाहा छैन
आखिर दायित्व पुरा नगर्ने माया हैन।
 
माया हैन कसरि भनौ,
कसैको यादमा आशु बग्दछ।
माया हैन कसरि भनौ,
कसैको अगाडि रहँदा चेहरामा मुस्कान भर्दछ।
माया हैन कसरि भनौ,
कसैको सम्झनामा मुटु धट्कन्छ।
माया हैन कसरि भनौ,
आखिर माया नभए यो शुन्दर संसारको महत्व छैन।

No comments: