Friday, November 2, 2007

कोइरालाद्वारा छिट्टै सहमतिमा पुगिने विश्वास व्यक्त

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदमा विचाराधीन माओवादी प्रस्ताववारे छिट्टै निर्णयमा पुगिने विश्वास व्यक्त गरेका छन्।

चिकित्सकहरुको राष्ट्रिय संगठन, नेपाल मेडिकल एसोसियसनको तेइसौं राष्ट्रिय सम्मेलनको उदघाटनकालागि गृहनगर बिराटनगर आइपुगेका प्रधानमन्त्री कोइरालाले अहिले उत्पन्न गतिरोध खासै ठूलो समस्या नभएको बताए।

तर सहमतिको सूत्र के हुनसक्छ भन्ने चाहिं उनले बताएनन्।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्रको घोषणासंबन्धी माओवादी प्रस्तावबारे अन्तरिम संसदको विशेष अधिवेशनमा छलफल जारी रहेपनि कुनै टुंगो लागेको छैन।

दुई घन्टा लामो बिराटनगर बसाइका क्रममा प्रधानमन्त्री कोइरालाले राजनीतिक गतिरोध अन्त्यकालागि तत्काल निष्कर्ष मा पुग्नु जरुरी रहेको बताए।

'पुच्छर अड्क्यो'
उनले भने, "हात्ती छि-यो, पुच्छर अडक्यो जस्तो भएको छ। यो समस्याको हामीले समाधान ग-यौं भने शान्ति, स्थायित्व र चुनाव पनि हुन्छ।"

हाम्रा बिराटनगरस्थित संवाददाता भन्छन्, निक्कै हतारमा देखिएका प्रधानमन्त्री कोइरालाले राष्ट्रको उन्नति संवाद र सहमतिबाट मात्र संभव हुने बताए।

उनले भने, "कुनै असमझदारी छ भने मिलाउनु पर्छ, अगाडि आइसके पछि लथालिंग पार्नुहुंदैन। पूर्णता दिनु पर्छ।"

सैनिक हेलिकोप्टरमा विराटनगर आएका कोइराला बिहीबार नै राजधानी फर्केका थिए ।
थप समाचारको लागि यँहा भिच्नुहोस्।

नेपालको राजनितिक समस्या भनेको शुरुदेखि नै रहिराखेको छ। राजनितिज्ञहरुले भनेको पुच्छर के हो आम नेपालीहरुले बुझ्नु जरुरि छ। पुच्छर किन छिर्न सकेन भनेर अगाडिबाट हेर्नु भन्दा कसैले पुच्छर तानिराखेको छ कि भनेर पछाडि हेर्नु जरुरि छ जस्तो लाग्छ।
चेत बुढाथोकी

No comments: