कुन थरको उद्भव कहा ?
भीष्म बास्कोटा
नेपालको पश्चिमी भूभाग धर्म, सभ्यता, संस्कृति, कला, वास्तुकला आदि विविध दृष्टिकोणले नेपाली संस्कृतिको भण्डार स्थलकै रूपमा रहेको छ । यो क्षेत्र नेपाली सभ्यता र संस्कृतिको उर्वर भूमि हो, नेपाली संस्कृतिको मुख्य आधार क्षेत्र हो । ऐतिहासिक अध्ययन होस् वा धार्मिक, सांस्कृतिक एवं वास्तुकलात्मक अध्ययन - यो क्षेत्रको खोज एवं अन्वेषणबिना सिङ्गो नेपाली सांस्कृतिक अध्ययन अधुरो नै रहन्छ । मानवशास्त्रीय अध्ययन र खोजका दृष्टिले पनि यो क्षेत्र प्रशिद्ध र उल्लेख्य रहेको छ । यस क्रममा अधिकांश ब्राहृमणहरूका थर विशेषतः कर्णाली, महाकाली र सेती अञ्चलका विभिन्न जिल्लाका विभिन्न ठाउका नामका आधारमा रहन गएको बुझिन्छ ।
हाल नेपालमा रहेका ब्राहृमणहरूका थर अधिकांश गाउ, ठाउ, पर्वत, गुफा, खोला र पेशा आदिको नामबाट रहेका छन् । उदाहरणका लागि, खन गुफाबाट सरेकालाई खनाल र रिजेबाट अन्यत्र हिँडेकालाई रिजाल भनिन्छ । त्यसैगरी अर्जेबाट हिँडेकालाई अर्याल भनिन्छ भने थापाबाट हिडेकालाई थपलिया वा थापा भन्ने गरिन्छ । घिमिबाट अगाडि बढेकालाई घिमिरे र पोख्रेबाट हिँडेकालाई पोख्रेल भनिन्छ । त्यस्तै ढुङ्गेर्कबाट हिँडेकालाई ढुङ्गेल भनिन्छ भने ढकेबाट हिाडेकालाई ढकाल भन्ने गरिएको छ ।
बास्कोटेहरू बास्कोटा भएका हुन् । उनीहरू बास्कोट भन्ने ठाउबाट अन्यत्र गएकाले बाास्कोटा थरबाट चिनिए । यस्ता अरु थरहरू पनि धेरै छन् । डा. स्वामी प्रपन्नाचार्यले लेख्नुभएको छ - "खनाल, रिजाल, अज्र्याल, भूर्तेल, थपलिया आदि जसरी बने त्यसरी नै भट्ट, उपाध्याय, पाण्डेय, पौडेल आदि पनि आ-आˆनै गाउ, घर, पेशा र खोलानाला आदिबाट बनेका छन् ।''
रेग्मीहरू रेग्मी हुनुभन्दा पहिले जोशी थिए भने आचार्यहरू आचार्य हुनुभन्दा पहिला भट्ट थिए । हाल भट्टलाई जाति भन्ने अर्थ लगाइए पनि वास्तवमा भट्ट भनेको पद विशेष हो । शास्त्रार्थमा विशेष दक्षता राख्ने व्यक्तिलाई भट्ट भनिन्छ । भट्टबारे प्रपन्नाचार्यले उल्लेख गर्नुभएको छ, "विद्वान् शास्त्रार्थ कुशल र लडाइमा वीरता देखाउनेलाई भट्ट भनिन्छ ।'' त्योभन्दा पूर्व उनीहरू के थिए भन्ने कुरा भने स्पष्ट छैन ।
सुदूर पश्चिमको अछाम जिल्ला विभिन्न थरहरूको उद्गमस्थलका रूपमा प्रशिद्ध छ । यहाका अधिकांश थरहरू ठाउाका आधारमा रहेका छन् । अछाम जिल्लाबाट बाहिर बसाइँ सरेकाहरूले सोही ठाउका आधारमा आ-आफ्ना थर कायम गरेको पाइन्छ । उदाहरणका लागि, तिमिल्सैनबाट गएका तिमिल्सैना, कुइँकाबाट गएका कुइकेल, बजगाउबाट गएका बजगाई, रिमाबाट गएका रिमाल वा रिजाल, घोडासैनबाट गएका घोडासैनी, रेगमबाट गएका रेग्मी भएको भनिन्छ । त्यस्तै भूर्तीबाट भूर्तेल, बाडाबाट बडाल, बस्तोलाबाट बास्तोला, लयाटीबाट लुइटेल, कालागाउबाट कालागाईं भएको मानिन्छ भने ढाकुबाट ढकाल, ढुङ्गानीबाट ढुङ्गाना, वस्तीबाट बस्नेत, पुडासैनबाट पुडासैनी, बस्काटीयाबाट बाास्कोटा र ढुङ्गाचाल्नाबाट ढुङ्गेल भएका हुन् । यी सबै ब्राहृमणहरू पूर्वीया हुन् भन्नुहुन्छ अछाम बयलपाटा निवासी ७१ वषर्ीया वृद्ध तेजप्रसाद उपाध्याय । उहाका अनुसार अछामका विभिन्न ठाउहरूको आधारमा अधिकांश ब्राहृमण थरहरूको नामकरण गरिएको छ । त्यसैले पनि यो जिल्ला प्रसिद्ध र महìवको बन्न पुगेको छ ।
यतिमात्र नभएर अछाम जिल्लालाई अन्य थरहरूको पनि पुख्र्यौली थलो मानिन्छ । कुवर पुर्खाहरूको पैतृक थलो जनालीकोट हो । यस्तै महìव बोकेको अर्को ठाउँ हो - अछामकै मष्टामाडौंस्थित सेरा गाउा । यो गाउँ काश्यप गोत्रीय कवाली अधिकारीहरूको पुख्र्यौली थलो हो । प्रमुख वासिन्दा क्षेत्री रहेको यस जिल्लामा ठकुरी, ब्राहृमण, मुसलमान -मिया वा चुरेटी), कामी, दमाईं आदिको बसोबास रहेको पाइन्छ । यस्ता महìव बोकेका स्थलहरूको थप खोज र अनुसन्धान आवश्यक छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment