Tuesday, March 10, 2009

संविधान लेख्न महिला एकजुट हुन आहृवान

काठमाडौँ, फागुन २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय महिला आयोगलाई संवैधानिक आयोगमा रूपान्तरण गर्न संविधानसभामा आफैँले प्रस्ताव लिएर जाने र अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका दिन सबैका लागि बिदा दिने व्यवस्था मिलाउने जानकारी दिनुभएको छ ।

उन्नान्सयौँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका उपलक्ष्यमा राष्ट्रिय महिला आयोगको संयोजनमा विभिन्न सङ्घसंस्थाद्वारा आइतबार यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र समयमै नयाँ संविधान लेखनमा महिलाहरू एकजुट हुन आहृवान गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो- महिलाहरू एकजुट भएमा समयमै संविधान लेखिन्छ र शान्ति प्रक्रिया तार्किक निष्कर्षमा परिणत हुन्छ ।

संविधानसभाका महिलाहरू एकजुट हुनसकेमा महिलाले चाहेजस्तो संविधान बन्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो- संविधानसभामा ३३ प्रतिशत महिला सहभागिता सबै कुरा होइन, ठूलो कुरा मात्र हो ।
उहाँले सामन्त वर्गले नयाँ संविधान निर्माण प्रक्रियालाई बिथोल्न हर्कत गरिराखेको चर्चा गर्दै यसलाई परास्त गर्न सबै एकजुट हुन आहृवानसमेत गर्नुभयो ।

अबको संविधान सामन्त वर्गको पक्षमा नभई उत्पीडित, आदिवासी, महिला, दलित, जनजाति, कमैयाको पक्षमा लेखिने प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रका आधारभूत तत्वहरू बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, विधिको शासन, गणतन्त्र आदिका बारेमा सिद्धान्ततः सहमति भइसकेको र सङ्घीयता, सरकारको स्वरूप, राष्ट्र्रपतीय वा प्रधानमन्त्रीय पद्धति, प्रादेशिक बाँडफाँडका विषयमा बहस जारी रहेको बताउनुभयो ।
आˆनै घर आँगनबाट जन्मेको हुर्केको शान्ति प्रक्रिया मध्यान्तरमा आएकोले यसलाई उत्कर्ष र निष्कर्षमा पुर्‍याउन उहाँले सबैसँग अपिल गर्नुभयो ।

समयमै संविधान निर्माण गर्न टोलीहरू अभियानका साथ जिल्ला जिल्ला पुगिरहेकोमा चक्काजाम, बन्दले केही असर पुर्‍याइरहेको प्रति आˆनो ध्यानाकर्षण भएको प्रधानमन्त्रीले बताउनुभयो ।

समारोहमा उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले यो दिवसले विश्वका महिलालाई समानता, न्याय र अधिकारका लागि एकजुट हुन सन्देश दिएको बताउँदै महिलाहरू एकजुट हुनसके मात्र समृद्ध नेपालको परिकल्पना गर्न सकिने विचार राख्नुभयो ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमीले नेपालका अरू आयोगहरू संवैधानिक आयोग हुने तर महिलाका हकअधिकारका लागि स्थापित महिला आयोग किन संवैधानिक नहुने भन्ने प्रश्न गर्दै महिलाका अधिकारप्रति सरकार गम्भीर हुनैपर्ने बताउनुभयो ।

सभासद् सपना प्रधान मल्लले समानतामूलक समाज निर्माणका लागि महिला एकता आवश्यक रहेको औँल्याउँदै राजनीति र कानुन कहिल्यै पनि महिलामुखी हुन नसकेको गुनासो गर्नुभयो ।

महिला नेत्री सहाना प्रधानले सरकारले ६० वर्ष उमेर पुगेका विधवा महिलालाई वितरण गर्दै आएको विधवा भत्ताको हदबन्दीमा परिवर्तन गरी विधवा भएकै समयदेखि महिलालाई यस्तो भत्ता दिनुपर्नेमा जोड दिनुभयो ।

मानवअधिकारकर्मी कृष्ण पहाडीले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलालाई सहभागी गराइने घोषणालाई मन्त्रिपरिषद्मा समेत कार्यान्वयन गरी देखाउन सरकारसँग आग्रह गर्नुभयो ।
आयोगका अध्यक्ष नयनकला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न महिलाले महिला अधिकारसँग सम्बन्धित गीत, कविता प्रस्तुत गरेका थिए ।

यसअघि महिला अधिकारसँग सम्बन्धित विभिन्न नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका महिलाहरूको जुलुसले नगरको परिक्रमा गरेको थियो । रासस

मेरो विचार : खै के भनौ, प्रधानमन्त्री प्रचण्डको कुरालाई! संविधान निर्माणमा सामन्त वर्गले बाधा पुर्‍याइरहेको भन्नुहुन्छ। संविधान लेख्ने भनेर जनताले चुनेर पठाएका सभासद एवम् राजनैतिक पार्टिले छानेका योग्य व्यक्तिहरु नै हुन् । त्यसमा सबैभन्दा ठुलो पार्टि अर्थात सभासद सबैभन्दा बढि भएको पार्टि पनि माओवादी नै हो, त्यसोभए सामन्त वर्ग को होला जसले संविधान निर्माणमा बाधा पुर्‍याइराखेको छ त? जहाँ गएपनि अरु तत्वहरुले संविधान लेख्ने प्रक्रियामा बाधा पुर्‍याइराखेको छ भनेर किन अर्कालाई दोस लगाउने? १० वर्षभित्र सिङ्गापुर बनाउछु भन्ने अन्य तत्व वा वर्गले गर्दा भन्ने हो भने त १० वर्षभित्र त सिङ्गापुर हैन तराइपुर, पहाडपुर, हिमालपुर, ललितपुर, भरतपुर, किर्तीपुर भनेर पुरहरु मात्र २२सौं, २४सौं हुने त हैनन् भन्ने सङ्का लाग्छ ।

Monday, December 22, 2008

नेपाली सेना अनि माओवादी सेना पनि

Maoists 'in discussion' to open admission in PLA
A senior commander of the People's Liberation Army (PLA) of CPN (Maoist) has said that the Maoists will also start taking in new recruits if Nepal Army (NA) does not stop new recruitments.

PLA Deputy Commander Chandra Prasad Khanal a.k.a. Baldev Monday said that they were surprised by the abrupt decision of NA to open new admission by breaching the peace agreement and warned that the Maoists will also have to initiate the admission process if NA goes ahead with its decision.

He informed that discussion is going on to open admission in the PLA. Khanal, who was speaking at the press meet organised by pro-Maoist Revolutionary Journalists Association in Butwal, claimed that the Prime Minister and the United Nation Mission in Nepal (UNMIN) has already been notified about the issue. He said he has also asked for PM Dahal's permission regarding opening admission in the PLA.

The PLA deputy commander said that NA's decision to open new admission to fill up its vacant posts at a time when discussion have been going on about army integration has raised doubts whether NA is completely under the control of Maoist defense minister.

Emphasising that there is no other alternative to army integration, Khanal said there is danger that the country might slip back to violence and conflict if it doesn't happen.

He also flayed Nepali Congress (NC) president Girija Prasad Koirala for making inflammatory statements against the army integration. nepalnews.com ag Dec 22 08

नेपालन्युजको माथिको लेख पढ्दा माओवादीले त्यति लामो समयसम्म के का लागि युद्ध गरे र हाल पनि विभिन्न अनैतिक कृयाकलापका साथसाथै तोडफोड र लुटपिट गरेका कारणहरुबारेमा बुझ्न नै गाह्रो परेको छ। हाल माओवादीकै नेतृत्वमा सरकार बनेको छ र नेपाल आर्मि लगायत जनसेना र वाइ. सि. यल पनि उसैको हातमा छ। आफु सरकारमा बसेर नेपाली सेनालाई ठिक गर्नु त परै जाओस् त्यसको विपरित जनमुक्ति सेनाका तयार गर्ने धम्की पो दिदैँ छ। यदि जनमुक्ति सेना थपेर उनिहरुलाई नेपाली सेना जसरी तलव भत्ता दिने हो भने हामी जनताको राजस्व विकाशका काममा लगाउन सकिन्छ र? अर्थमन्त्री वावुराम भट्टराईको बजेट भाषणमा द्वन्द्वपिडितलाई भत्ता दिने भन्दै जनता सामु सच्चा राजनितिज्ञको परिभाषा दिन खोजेका थिए तर द्वन्द्वपिडित कसका कारणले भए र माओवादी पार्टिको नेतृत्वमा बनेको सरकारले दिने राहत कहाँबाट आयो भन्ने कुरा हामी नेपाली सबैले बुझ्नु आवश्यक छ भन्ने जस्तो लाग्छ।

साँच्चै नया नेपाल बनाउने हो भने जनताको पैसा जनताकै काममा लगानि गर्ने हो भने पुग्छ तर द्वन्द्वपिडितका नाममा माओवादी लडाकुलाई भत्ता दिने र जनमुक्ति सेनामा विस्तार गरी तलब भत्ता खुवाएर चाहीँ नयाँ नेपाल बन्न सक्दैन जस्तो लाग्छ। नयाँ नेपाल बनाउने हो भने व्यक्ति वा संस्था जस्तै हिमाल संचार अफिस लगायत मेडियाहरुलाई स्वतन्त्रता दिनु पर्‍यो र प्रत्येक नेपालीलाई सुरक्षाका साथ बाँच्न पाउने मानव अधिकारको संरक्षण गर्नुपर्छ जस्तो लाग्छ।

Saturday, November 15, 2008

वानी परिवर्तन

वानी परिवर्तन

 

습관을 바꾸기 위해서

वानी परिवर्तन गर्नको लागी

먼저 나쁜 습관 세가지를 적어 보세요.

सबैभन्दा पहिला खराब वानी ३ वटा लेख्नुहोस।

 

습관을 하루 만에 고치기는 힘들기 때문에

वानी एकै दिनमा सुधार्न गाह्रो पर्ने हुनाले

백일 간의 목표를 세워서

१०० दिनको लक्ष बनाएर

하나라도 완전히 고쳐 보는 겁니다.

खराब वानी मध्य एउटा भएपनि पुरा सुधार्नुहोस।

 

좋은 습관을 갖게 되면 자신감이 생깁니다.

असल वानी बनायौं भने आत्मबल बढ्दछ।

나는 이것도 나쁘고, 이것도 나쁘고…,

मेरो यो पनि खराब बानी, त्यो पनि खराब वानी

이렇게 생각하면서 습관을 극복하지 못한다면

भन्ने सोचेर पनि वानी बदल्न नसक्ने  हो भने

자신감은 점점 멀어집니다.

आत्मबल झनझन घट्दै जान्छ।

 

그러다 보면 자세도 나빠지고 얼굴도 환하지 않습니다.

त्यस्तो भयो भने आफ्नो अस्तित्व बिग्रदै जान्छ र अनुहार पनि उज्यालो हुदैंन।

자신감을 가질 우리의 얼굴은 환하게 밝아지고

आत्मबल वा आत्मविश्वास हुँदा हामीहरुको अनुहार उज्यालो हुन्छ।

눈빛도 밝게 빛납니다.

आखाको ज्योती पनि प्रज्वल हुन्छ।

 

자신감은 지식을 안다고 해서 생기는 것이 아닙니다.

आत्मबल भनेको केही ज्ञान जानेर आउने हैन।

중요한 것은 자신에 대한 자신감입니다.

महत्वपूर्ण कुरा भनेको आफुले आफुलाई नै चिन्न र जान्न  सक्ने आत्मबल हो।

작은 습관에서 벗어나 자기를 인정하고 사랑할 있는 !

सानो नराम्रो वानीबाट टाढा भई आफुलाई स्विकार गर्दै माया गर्न सक्नु!

'나는 이만하면 됐다',

म यती मात्र  गरे हुन्छ

'나는 누가 뭐래도 내가 나를 인정한다.'

जसले जे भने पनि म आफु आफैलाई स्विकार गर्छु

라고 있는 것입니다.

भन्न सक्नु नै आत्मविश्वास वा आत्मवल हो।

Tuesday, November 11, 2008

नेपालका क्याम्पसहरु

Adarsha Kanya Niketan Campus
Mangalbazar, Lalitpur
Tel: 521488

Agriculture Campus
Kathmandu
Tel: 261714

Amrit Science Campus
Lainchaur, Kathmandu
Tel: 211637, 410408

Ayurved Campus
Naradevi, Kathmandu
Tel: 259182

Balmiki Campus
Kathmandu
Tel: 227193, 227676

Baneshwor Campus
Baneshwor, Kathmandu
Tel: 471757

Bhaktapur Campus
Bhaktapur
Tel: 613199, 610200

Birendra Sainik Residential Campus
Bhaktapur
Tel: 610331

Bishwo Niketan Science Campus
Tripureshwor, Kathmandu
Tel: 217335

Biswabhasa Campus
Kathmandu
Tel: 226713

Campion College
Kupondole, Lalitpur
Tel: 529268, 521753

Central Campus
Maharajgunj, Kathmandu
Tel: 422973, 410911

College of Software Engineering
Putalisadak, Kathmandu
Tel: 227380, 256769

Deurali Campus
Ganabahal, Kathmandu
Tel: 216840

Education Campus
Kathmandu
Tel: 211681

Engineering Campus
Pulchowk, Lalitpur
Tel: 522809, 521260

Hiralal Campus
Thahity, Kathmandu
Tel: 215961

Jana Bhawana Campus
Lalitpur
Tel: 413538, 428446

Kailashkut Multiple Campus
Tangal, Kathmandu
Tel: 410807

Kanya Campus
Dillibazar, Kathmandu
Tel: 215926

Kathmandu Campus
Kathmandu
Tel: 213333

Kathmandu Institute of Science & Technology
Kamalpokhari, Kathmandu
Tel: 423178, 411890

Kathmandu School of Management
Kamalpokhari, Kathmandu
Tel: 472736

Kathmandu Women's College
P.O. Box 8207
Kathmandu
Tel: 271243, 528313

Koteshwor Multiple Campus
Koteshwor, Kathmandu
Tel: 470306

Lalitkala Campus
Bhotahity, Kathmandu
Tel: 249681, 222681

Lalitpur College
Kupondole, Lalitpur
Tel: 524240, 522535

Lasalle College
Kamaladi, Kathmandu
Tel: 244017, 225984

Mahendra Multiple Campus
Tahachal, Kathmandu
Tel: 271728

Namuna Machhindra Campus
Lagankhel, Lalitpur
Tel: 521156

Nava Durga Multiple Campus
Bhaktapur
Tel: 612067, 610202

Nepal Administrative Campus
P.O. Box 2152
Jawalakhel, Lalitpur
Tel: 523517, 522002

Nepal Commerce Campus
P.O. Box 2465
Min Bhawan, Kathmandu
Tel: 482748, 482344

Nepal Law Campus
Kathmandu
Tel: 225358

Nepal Engineering College
P.O. Box 10210
Kupondole, Lalitpur
Tel: 521753

Nepal Medical College
Jorpati, Kathmandu
Tel: 486008, 486009

Nepal Science Campus
Kathmandu
Tel: 228681

Nursing Campus
Maharajgunj, Kathmandu
Tel: 419266, 411723

Padma Kanya Campus
Bagbazar, Kathmandu
Tel: 221712

Patan Multiple Campus
Patan, Lalitpur
Tel: 521394, 522076

Patan Nursing Campus
Man Bhawan, Lalitpur
Tel: 521634

People's Campus
Paknajole, Kathmandu
Tel: 251412, 251990

Public Administration Campus
Tripureswor, Kathmandu
Tel: 261909

Public Youth Campus
Dhobochour, Kathmandu
Tel: 214025

Pulchowk Campus
Pulchowk, Lalitpur
Tel: 522809, 521260

Ratna Rajya Laxmi Campus
Kathmandu
Tel: 225819

Samudaik Swasthya Institute
Bijulibazar, Kathmandu
Tel: 245225

Sanothimi Campus
Sanothimi, Bhaktapur
Tel: 610783

Saraswati Multiple Campus
Lainchour, Kathmandu
Tel: 411971, 412272

Shankar Dev Campus
Putalisadak, Kathmandu
Tel: 226931, 226490

Shree Mahalaxmi Campus
Lubhu, Kathmandu
Tel: 290603

Siddhartha Banasthali Science Campus
Balaju, Kathmandu
Tel: 272075, 270884

St. Xavier's Campus
Maitighar, Kathmandu
Tel: 221365

Thapathali Campus
Thapathali, Kathmandu
Tel: 246465, 246307

Tri-Chandra Campus
Ghantaghar, Kathmandu
Tel: 244047, 221253

Viswa Niketan Science Campus
P.O. Box 8908
Tripureshwor, Kathmandu
Tel: 230878

Monday, November 10, 2008

अमेरिकी निर्वाचनबाट सिक्नुपर्ने पर्ने

विश्व शक्तिकेन्द्र संयुक्तराज्य अमेरिकाको चवालिसौं राष्ट्रपति पदको निर्वाचन परिणाम सार्वजनिक भएपछि विजयी डेमोक्र्याट पार्टीका बाराक ओवामा र निकटतम प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका जोन म्याक्केनले गरेका भाषण संसारभर चर्चाका विषय रहे । ती भाषण नेपालजस्तो समस्याग्रस्त, गरिब र सङ्क्रमणकालको कठिन मोडमा खडा भएको मुलुकका नेताहरुलाई साँच्चै शिक्षाप्रद हुनसक्छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि ओबामाले आफ्ना प्रतिद्वन्द्वीको निस्वार्थी र साहसी नेता भनेर मुक्त कण्ठले प्रसंसा गरे । जिम्मेवारी काँधमा आएपछि सबैको सहयोग जुटाउनु पर्ने भएकोले उनले त्यस्तो अभिव्यक्ति दिनुलाई स्वाभाविक मान्न सकिन्छ । तर पराजयको पीडा भुल्दै म्याक्केनद्वारा अभिव्यक्त विचारले भने सबैलाई सोच्न बाध्य तुल्याएको छ । उनले ओबामाको मुक्तकण्ठले प्रशंसा गर्दै अमेरिकाले उनीमाथि गर्व गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । त्यो उच्च राजनीतिक, सांस्कृतिक द्योतक हो ।

हामीकहाँ संविधानसभाको निर्वाचन भएको सात महिना पूरा हुनलागेको छ । यति समय वितिसक्दासम्म निर्वाचनको सन्दर्भमा प्रतिद्वन्द्वीबीच बसेको तुस भेटिएको छैन । चुनाव पराजयबाट लागेको घाउ वर्षौसम्म भुल्न नसक्ने अल्पविकसित मुलुकका राजनीतिज्ञले मेक्केनबाट पाठ सिक्नै पर्छ । हुनत ओबामा र म्याक्केन दुवैका अभिव्यक्ति औपचारिकता पूरा गर्ने ध्येयबाट व्यक्त भएका हुन् । तर तिनले प्रवाह गर्ने सन्देशको महìव असीमित छ । हरदम आग्रह पूर्वाग्रहलाई केन्द्र मानेर राजनीति गर्ने नेपालका राजनीतिक पार्टीहरुलाई अमेरिकी निर्वाचनले त्यति महìव नराख्ला तर नाराको घेराबाट माथि उठेर देश र जनताको हितका लागि केही गर्छु भन्ने संकल्प गर्ने हो भने त्यसलाई महìवपूर्ण पाठको रुपमा ग्रहण गर्नुपर्छ ।

चुनाव जितेपछि जित्नेले मैमत्त भएर विरोधीको पत्तासाफ भएको दाबी गर्दै अहंकार प्रदर्शन गर्ने र हार्नेले धाँधली गरेको आरोप लगाउने परम्परामा अभ्यस्त हामी नेपालीका लागि पनि त्यो घटना उदाहरणीय भएको छ । अमेरिकालाई साम्राज्यवादी भनेर त्यसका हरपक्षको खेदो खन्ने हामीले सिक्नुपर्ने र आत्मसात् गर्नुपर्ने थुपै्र कुरा रहेछन् भन्ने यो चुनावले देखाइदिएको छ । हुनत सकारात्मक पक्ष सबैमा निहित हुन्छ तर हामी नराम्रा कुरा तत्काल टिप्छौं, त्यसको नक्कल पनि गर्छौं, सकारात्मक पक्षलाई चाहिँ वास्तै गर्दैनौं । यो हाम्रो पुरानो रोग हो । यसलाई उपचार गरेर निको नपारी हामी जस्तासुकै नारा लाए पनि जति क्रान्तिकारी भाषण गरे पनि पटक्कै अघि बढ्न सक्दैनौं ।

अमेरिकी चुनावपछि दुई मुख्य प्रतिस्पर्धीले देखाएको व्यवहारबाट हाम्रा पार्टी र नेताले सिक्ने धेरै कुरा छन् । सबभन्दा पहिले तिनले राजनीति संस्कार र संस्कृकति सिक्नुपर्छ । राजनीति भनेर श्रेष्ठ नीति हो, सभ्य, सुसंस्कृत र धैर्य नभएको व्यक्तिको हातमा नेतृत्व जाँदा त्यसले विनाश निम्त्याउँछ । त्यसको विपरीत सहनशील, योग्य र सक्षम नेतृत्वले राजनीति सञ्चालनको जिम्मा पाउँने हो भने पछौटे मुलुकलाई पनि उन्नतिको सिखर छुन समय लाग्दैन ।

राजनीतिलाई सधैँ वाद, विचार र सिद्धान्तको घेरामा सीमित राख्ने हामीले कहिल्यै मूल्यको राजनीति गरेनौं । मूल्यबोधको अभावमा वाद, सिद्धान्त, विचार जस्ता कुरा फगत आडम्बरयुक्त फोस्रा नारामा सीमित भए । कुनै पनि वादको प्रयोजन देखिएन । सत्ता प्राप्त गर्ने अस्त्रको रुपमा तिनलाई प्रयोग गरियो । तर व्यवहारमा जाँचेर त्यसको औचित्य साबित गर्ने प्रयास गरिएन ।

रुढीवादी परम्पराले गर्दा राजनीतिक दलहरु दूरदर्शी, समयसापेक्ष र परिणाममुखी बाटोतर्फ अग्रसर हुन सकेनन् । गतिशीलतालाई लत्याएर जडसूत्रवादलाई समात्दाको परिणाम मुलुकले अहिले भोगिरहेको छ । यदि यो बाटो परिवर्तन नगर्ने हो भने हामी युगयुगसम्म संस्कारहीनताको सिकार हुनेछौं । गरिबी, अभाव र बेरोजगारी हाम्रो पर्याय बन्नेछ ।

यो हालतबाट माथि उठ्न पनि अमेरिकी निर्वाचनबाट हाम्रा नेताहरुले पाठ सिक्नु जरुरी छ । चुनाव हारेपछि म्याक्केनले ओवामालाई पूर्णरुपले सहयोग गर्ने वचन दिएका छन् । संविधान बनाउने जस्तो कुरामा अनावश्यक विवाद गरेर समय बर्बाद गर्ने हाम्रा लागि त्यो एउटा हाँक जस्तो लाग्छ ।

हामी राजनीतिलाई स्वस्थ, प्रतिस्पर्धात्मक र पारदर्शी बनाउने दिशामा कहिल्यै अग्रसर भएनौं । षड्यन्त्र, जालझेल, र खुराफात गरेर पद हासिल गर्नुलाई राजनीतिको धर्म ठान्ने हाम्रा लागि अमेरिकाको त्यो निर्वाचन एउटा गतिलो शिक्षा हुनसक्छ ।

हाम्रा नेताहरुले अमेरिकाको निर्वाचनबाट सिक्नुपर्ने अर्को पाठ हो । मुलुकको उन्नति र संवृद्धिलाई राजनीतिबाट अलग राख्नुपर्ने कुरा राष्ट्रियता, प्रजातन्त्र, मानवअधिकार र मुलुकको सर्वतोमुखी विकासका मुद्दा सबैका साझा हुन्छन् । तिनलाई दलीय स्वार्थको दलदलबाट निकाल्नै पर्छ ।

मुलुकको हितको सवालमा सबै भारतीयहरु एक हुन्छन् । राष्ट्रियताको विषयमा चिनियाहरु एकमत हुनसक्छन् तर हामी त्यसमा पनि दलीय स्वार्थ घुसाउँछौं । दलीय स्वार्थको सिकार भएर नै मुलुक आर्थिक विकासमा पछि परेको हो । हाम्रो गरिबीको कारण हामै्र राजनीतिमा निहित छ । शान्ति प्रक्रिया समयमै पूरा गर्ने हो, निर्धारण अवधिमै संविधान निर्माण गर्ने हो, कङ्गाल, मुलुकलाई समृद्धिको शिखरमा पुर्‍याउने हो र जनताका अधिकार सुनिश्चत गरेर तिनलाई पनि यो महायज्ञमा सामेल गराउने हो भने हाम्रा नेताहरुले अमेरिकाको चुनावबाट पाठ सिक्नै पर्छ ।

के कुरामा असहमति राख्ने र असहमतिलाई कुनै बेला प्राथमिकता दिने, सहमतिका विषय के हुन् र तिनलाई कुन समयमा कसरी अघि बढाउनुपर्छ भन्ने ज्ञान शान्ति प्रक्रियामा रहेको हाम्रो मुलुकका नेतालाई अमेरिकी निर्वाचनले राम्ररी दिनसक्छ ।

हामी आर्थिक रुपले जति गरिब छौं सांस्कृतिक रुपले पनि त्यति नै दरिद्र देखिएका छौं । सामाजिक, राजनीतिक र सांस्कृतिकस्तर उठाएर मात्र हामीले समृद्धि हासिल गर्न सक्छौं । मुलुकको उन्नतिका लागि योजना, नीति कार्यक्रमको जति आवश्यकता पर्छ त्यसलाई कार्यान्वयन गर्न समझदारी र सुझबुझको पनि त्यति नै खाँचो पर्छ ।

-प्रभुनारायण बस्ने

श्रोत: विचार विवेचन, गोरखापत्र 

चेतल्याण्डको विचार

बास्तबमा नेपाली राजनितिज्ञहरु पनि नेपाली  नागरिक नै हुन् तर यिनीहरुले अमेरिकाको शैली र सिद्धान्तबाट केही नसिके पनि नेपाली जनताबाट नै सिक्नुपर्ने कुराहरु धेरै छन्। हिजो राणाशाषणको बिरुद्धमा उत्रि बिजय हासिल गर्ने हामी नेपाली नै   पंचायत शाषनलाई छेउ लगाएर बहुदलिय प्रजातन्त्रको स्थापना गर्दै  सयौं बर्षे पुरानो शाहबंशिय शाषनको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्न सफल भएका छौ जुन युद्ध नेपाली जनताको हित र नेपालको संरक्षणको लागी भएको हो र हुने पनि छ। नेपाली जनतालाई नेपालको त्यती माया  र ममता छ भने नेपाली प्रतिनिधिहरु किन अझै पनि घमण्डमा नै रुमलिरहेका होलान्?

Saturday, November 8, 2008

यो पनि जानी राखौ

विज्ञानका नया नया आविष्कारले हामीलाई सजिलो पारेको छ, त्यत्तिकै अप्ठेरो पनि पारेकै छ । मोबाइल फोनबाट गीत-संगीत सुन्ने अस्ट्रेलियाली युवामध्ये ७० प्रतिशतको श्रवणशक्ति ह्रास भएको कुरा त्यहाँ श्रवणशक्ति सम्बन्धमा हालै गरिएको सर्वेक्षणबाट पत्ता लागेको छ । उमेर ढल्किएकाहरूभन्दा पनि १८ देखि ३४ वर्ष उमेर भएका मानिसहरूको श्रवणशक्ति बढी क्षय भएको सर्वेक्षणले निष्कर्ष निकालेको छ । मोबाइल फोनबाट गीत-संगीत सुन्ने १,००० जना अस्ट्रेलियालीहरू माथि गरिएको सर्वेक्षणको क्रममा सो कुरा पत्ता लागेको हो । सर्वेक्षणका क्रममा सम्पर्कमा आएकामध्ये दुई तिहाइले आफूले मोबाइल फोनमार्फत गीत-संगीत सुन्ने गरेको जानकारी दिए । त्यसरी जानकारी दिनेमध्येमा ६० प्रतिशतले सुरक्षित भोलमभन्दा बढी भोलममा गीत-संगीत सुनेका थिए ।

मेवाको खेती नेपालमा धेरै हुन्छ । पाकेको मेवा मीठो हुनुका साथै रोगको उपचारमा पनि महìवपूर्ण हुन्छ । मेवामा 'पापेन' भन्ने पाचन क्रियामा सहयोग पुर्‍याउने तत्व पाइन्छ । यो तत्वले हामीले खाएका प्रोटिनलाई छिटो पचाउन सहयोग गर्छ । प्रोटिन पचाउन गार्‍हो हुने रोगीका लागि मेवा अत्यन्त लाभदायक हुन्छ । मेवामा चिनी तत्व कम हुन्छ भने चिल्लो तत्व ज्यादै थोरै हुन्छ । त्यसैले मधुमेहका रोगी र रक्तनलीमा बढी बोसो जमेका रोगीका लागि अमृत समान छ ।

त्यस्तै तर्बुजा पनि गर्मीमा बढी खाइने फलफूल हो । शरीरभित्रको गर्मी हटाउने गुण यसमा छ । गर्मी शरीर भएका मानिसले यो खानुपर्छ । तर्बुजामा भिटामिन ए, बी-१, बी-२, सी, ग्लुकोज, ग्लुटाभिक एसिड आदि तत्वहरू प्रशस्त पाइन्छ । तर्बुजाको गुण ठण्डा छ । बढी खाएमा बेफाइदा गर्छ । यो बढी खाएमा फियो र पाचन थैलीलाई हानि पुर्‍याउँछ । त्यसैले पाचन थैली र आन्द्राभुँडीका रोगी तथा मिर्गौलाका रोगी र सधैं पातलो दिसा हुने मानिसले तर्बुजा कम खानुपर्छ । रुघा लागेको बेला खानु हुँदैन । तातोपन हटाउने , गर्मी मार्ने, तीर्खा मेट्ने, पिसाब खुलाउने, पसिना हटाउने र उच्च रक्तचाप -हाइब्लड प्रेसर) का रोगीलाई निकै फाइदा गर्छ ।

हिमाल थापा

श्रोत : मुना

Wednesday, November 5, 2008

वाई.सी.एल र युथ फोर्सका कारण देश सङ्कटतर्फ

लम्की -कैलाली), कात्तिक १९ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सेना समायोजन गर्न गठन गरिएको विशेष समिति नेकपा -माओवादी ले एकलौटी रूपमा गठन गरेकोले नेपाली काङ्ग्रेस त्यसमा बस्न नचाहेको बताउनुभएको छ ।

मङ्गलबार लम्कीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाईसीएल र युथ फोर्सका कारण देश सङ्कटमा जान लागिरहेको आरोप लगाउँदै ती सङ्गठनमाथि तत्काल नियन्त्रण गरिनुपर्ने बताउनुभयो ।

प्रेस युनियन लम्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवाले काङ्ग्रेस सरकारबाहिर बसेको भए पनि बाढीपीडितहरूको पुनःस्थापनाका लागि भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि कैलालीको नारायणपुर, धनसिंहपुरलगायतका बाढी प्रभावित गाविसको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

निरीक्षणका क्रममा संसद्मा बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना, पुनः निर्माणका लागि प्रस्तुत गरिएको सङ्कल्प प्रस्ताव पारित भइसकेर पनि कार्यान्वयन नभएको बताउँदै आफू राजधानी फर्केर कार्यान्वयनका लागि पहल गर्ने जानकारी दिनुभयो ।

बाढीपीडितका समस्याप्रति सरकार गम्भीर नभएको आरोप उहाँले लगाउनुभयो ।

श्रोत: गोरखापत्र