Wednesday, October 24, 2007

कलिलो माया

कलिलो बिरुवा हो यो त
घाम र पानीबाट बचाउनु पर्छ।
 
कलिलो बिरुवा हो यो त
बेला बेलामा उचित मलजलको ब्यबस्था दिलाउनु पर्छ।
 
अहिले कलिलो बिरुवा हो यो त
तर छोट्टो समयमा यसले सित्तल छाँया दिन्छ।
 
कलिलो बिरुवा हो यो त
यसले  मिठो फल पनि दिन्छ।
 
कलिलो बिरुवा हो यो त
तर बुढो हुन्छ र नाङ्गै हुन्छ पनि
 
कलिलो बिरुवा हो यो त 
हुर्कन्छ बढ्छ र मिठो फसल दिन्छ
कलिलो बिरुवा हो यो त
बुढो हुन्छ र बिलाएर जान्छ पनि।
 
कलिलो बिरुवा हो यो त
सानो असरले गर्दा हराउन पनि सक्छ।
 
रोप, मलजल देउ, हुर्काउन बढाउन कोशिस गर
तर तिम्रो आकांक्षा पुरा भएन भनेर बिलाप नगर
तिमी तिमी नै हौ र बिरुवा बिरुवा नै हो
तिमीले बिरुवा रोप्नुपर्छ तर
बिरुवाले तिमीलाई रोप्न सक्दैन।

No comments: