Tuesday, June 3, 2008

बाघले सिनो छोड्न सक्छ र?

केही बर्ष अघि एकजना राजनितिज्ञले दिएको भाषणको सम्झना आउछ। उनले भनेका थिए; बिरालोले मुसो छोड्ला, कुकुरले हड्डि छोड्ला, बाघले सिनो छोड्नसक्ला तर गिरिजाले प्रधानमन्त्रीको कुर्चि छोड्ने छैनन्।

बास्तबमा उनले ठिकै बोले भने जस्तो लाग्छ। देशमा बहुदलिय प्रजातन्त्र आएको पनि २दशक बितिसक्यो। जनताको बिश्वासले जिम्मेवारि बोक्न पुगेको नेपाली कांग्रेसको सरकार हुँदा पनि गिरिजा प्रशाद कोइराला प्रधानमन्त्री बने र अन्य पार्टीसँगको मिलिजुली सरकार बनाउदा पनि गिरिजा नै बारम्बार प्रधानमन्त्रीको पद ओगटिराखेका छन। उनको भाग्य भनौ या उनको योगदानको फल भनौ उनलाई मौकाहरु मिलिराखेका छन।

हाल जनताले बिश्वास दिएको सबैभन्दा ठुलो पार्टी माओबादी अरु राजनैतिक पार्टीहरुसँग सहमतिमा पुग्न नसकेका कारण अझै पनि नेपालका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्रीको जिम्मेवारी नेपाली कांग्रेसका नेता गिरिजा प्रशाद कोइरालालाई नै छन। गिरिजाले पार्टी सहमति मिलाएर आएमा जहिल्यै पनि शक्ति हस्तान्तरण गर्न माओबादी लगाएत सम्पुर्ण पार्टीहरुला बताईराखेका नै छन। तर माओबादी नेता प्रचन्ड भने शक्ति हस्तान्तरण नगरे सडक आन्दोलनमा उत्रने चेतावानी दिइ नै राखेका छन।

हरुवा पार्टीहरुलाई सरकार बनाउने अधिकार छैन भन्दै अरु पार्टीहरुको आलोचना गरेर खुल्लामन्चमा उग्र भाषण दिने प्रचन्ड स्वंम चाँहि अरुहरुको सहमती जुटाउन नसक्ने, हाल जिम्मेवारी बोकिराखेका नेताहरुलाई छिट्टो शक्ति हस्तान्तरण गर्न दबाब दिइनै राख्छन भने कसले के गर्नु पर्ने हो हामी नेपाली जनताहरु बुझ्न सकिराखेका छैनौं।

के नेपाली कांग्रेसले थालमा भात पस्केर राखिदिएर माओबादीलाई भुजा लिनुहोस भन्ने आग्रह गर्नु पर्ने नै हो त? के गिरिजा प्रशाद कोइराला साच्चैका सिनो मात्र खाने बाघ नै हुन् त? प्रधानमन्त्रीको कुर्ची सिनो नभएर देशको जिम्मेवारी चाँहि सिनो हो भने के त्यो छोडेको राम्रो होला र?

शक्ति भनेको पनि सहमतीबाट नै उत्पन्न हुन्छ र सहमती भनेको चाँहि बार्ताले नै निम्त्याउने हैन र? No communication, no community. No community, no power.

Monday, June 2, 2008

को हुन नेपाली जनताहरु?

नेपाल सानो देश भएपनि आफ्नै खालको बिशिष्ट अस्तित्व र इतिहास बोकेको छ। बेलाबेलामा देशभित्रकै अहंकारी र हठ्ठी राजनितिज्ञ अर्थात शासकहरुले गर्दा दु:खकष्ठ भोग्दै आएको भएपनि नेपालले आजसम्म पनि अरु कुनै देशको कोलनी बन्नुपरेको छैन।



राणा शाषण, पंचायती शाषण, बहुदलिय प्रजातन्त्र जस्ता थुप्रै शाषण प्रणालीहरुका तितामिठा अनुभब लिईसकेका हामी नेपाली भर्खरै संघिय गणतन्त्रको पनि अनुभब गर्न पाएका छौं। तिनै नेपाली जनताहरु हुन जसले राणा शाषणको अन्त्य गर्न संघर्ष गरे र उनीहरुले आफ्नो बली नेपाल मात्रीभुमीलाई चढाएका थिए र आज पनि तिनै नेपाली जनताहरु हुन जसले राजतन्त्रको अन्त्य गरी संघिय गणतन्त्रको बिरुवा रोपिसकेका छन। तिनै नेपाली जनताहरु हुन जसले गणतन्त्रको बिरुवा रोपेर मलजलको लागि नेताहरुलाई सुम्पिदिएका छन र बिश्वास गरेका छन् कि एकदिन यो बिरुवा हुर्केर बढेर फुल्ने छ, मिठो बासना फिँजाउने छ र अन्तत फल्ने छ र त्यसको फल सम्पुर्ण नेपालीहरुले चाख्न पाउनेछन।



तर हाल हामी नेपाली जनताहरुले जिम्मेवारी दिएका ति नेताहरु एक आपसमा को ठुलो भन्दै घमण्डको दौड दौडिन सुरु गरेका छन। सहमतिमा गएर देशबिकाशमा लाग्ने भनेका माओबादी नेता प्रचण्ड राष्ट्रपति र प्रधानमन्त्री आफ्नो पार्टिलाई नदिए सडक आन्दोलनमा उत्रने दबाब दिएका छन। माओबादीको १० बर्ष भन्दा लामो जनयुद्धमा कयौं नेपालीका छोरा छोरीहरुले ज्यान गुमाएका छन। माओबादीको नाउमा कयौं घटना दुर्घटना घटेका छन र निर्दोशि तथा दोशि थुप्रैले आफ्नो ज्यान गुमाएका छन। अब फेरि प्रचण्डको सडक आन्दोलनमा उत्रने उग्र भाषणले प्रचण्ड त कतै दक्षिणकाली त हैनन भन्ने सोचाई आउन थालेको छ। जति भोग खाएपनि रातो जिब्रो निकालेर अझै बोका र राँगाहरुको अपेक्षा गर्ने दक्षिणकाली र प्रचण्डमा के फरक छ र? प्रचण्ड जी, तँपाई पनि एकपटक शान्तिका दुत बुद्ध भएर नेपाल र नेपालीलाई हेर्नुस त? कस्तो हुनेरहेछ आँसुले भिजेका आँखाहरु र कस्तो हुने रहेछ चोटले भरिएका मुटुहरु थाहा पाउनुहुनेछ।

Sunday, June 1, 2008

परिबर्तनको आवश्यकता

परिबर्तन भनेको क्षणक्षणमा हुने कुरा हो। आज जन्मेको बच्चा दिनदिनै अलि अलि बढ्दै गएर एकदिन जवान हुन्छ। समयले परिबर्तन गराएको भनौ अर्थात प्राक्रितिकले बनाएको भनौ। कतिपय कुराहरुको हामीले देख्नै नपाई, सुन्नै नपाई पनि परिबर्तन हुने गर्दछन्। खास गरि हामी मानब जाती झन परिबर्तनलाई चाहन्छौ। त्यसमा पनि हामी नेपाली त झनै।

धेरै कुराहरुको परिबर्तन भईसकेको छ र दिनदिनै भईराखेका छन। नेपालमा के ठुलो परिबर्तन भयो भनेर धेरैले प्रश्न उठाउन सक्नुहुन्छ। भत्केको सडक झन भत्केको छ। बनाएका भवनहरु भत्काइका छन। इतिहासिक बस्तुहरुको संरक्षण गर्नुको सट्टामा तोडिएका छन। के बिग्रेको छ र? राष्ट्रको सम्पति राष्ट्रको पैशाले बनाए भईहाल्छ नि? बिगारेका कुराहरु किन राष्ट्रको पैशाले बनाउने? नबनाए देखि पछि अरुले चाँहि के भत्काउने त? एउटा सरकारले बनाउने, अर्कोले आएर भत्काउने। यो क्रम त जारि नै हुनु पर्यो नि। नत्र नेताहरु के गरि बसुन। बिचरा उनिहरुलाई न त जागिर नै छ न त पेन्सन नै। आम्दानि पनि चाहियो, देखाउनु पनि त पर्यो नि। डर र त्राश देखाएर भएपनि एकपटक कुर्चिमा बस्न पाए त देशको नभएपनि आफ्नो त परिबर्तन हुने निश्चित नै छ नि, हैन र?

संघिय गणतान्त्रिक नेपालमा पनि आज नेपालीहरुलाई ठुलो परिबर्तन चाहिएको छ। अबको परिबर्तन भनेको सिंहदरबारको मर्मत हैन, पानी चुहिने झुपडीको छाना मर्मत गर्नु पर्ने छ। बुलेट प्रुफ गाडीहरुको खोजी हैन सर्बसाधरण नेपाली जनताहरु बस चढ्न सकाउनु पर्ने परिबर्तन चाहिएको छ। ढोकाको आग्लो दह्रो भयो कि भएन भनेर त्राशले भरिएका नेपालीहरुलाई ढोका खुल्ला गरी पनि आनन्दले सुत्न पाउन सक्ने गराउनु परेको छ। कतिबेला सिंदुर र पोते पुछ्नु पर्ने हो, कतिबेला कपाल खौरनु पर्ने हो भनेर त्राशले भरिएका नेपालीहरुलाई शान्तिको ढोका खुल्ला गरिदिनु पर्ने छ।

संघिय गणतान्त्रिक नेपालमा हामीले त्यस्तो आशा राखेका छौ र हाम्रो आशा पुरा होस् भन्ने पनि कामना गर्दछौं।

चेतल्याण्ड साइबर काफे, भक्तपुर सल्लाघारि तिनकुनेबाट।

Friday, May 30, 2008

संघिय गणतान्त्रिक नेपाल

संघिय गणतान्त्रिक नेपालको घोषणा भएको पनि केहि दिन बितिसक्यो। २४० बर्षे पुरानो राजतन्त्रको अन्त्य भएर नयाँ शाषण प्रणाली शुरु भईसकेको छ। प्रत्येक नेपालीहरुको मनमा नयाँ किसिमको उत्साह र आशा बढेको छ। त्यो के को उत्साह हो भने के होला त नयाँ नेपालको रुप? २०४६को जनआन्दोलन पछि पनि त्यतिबेलाका राजनितिज्ञहरु अब नयाँ नेपालको श्रिजना गर्ने छौ भनेर भाषण दिएका थिए र हामीहरुले बिश्वाश पनि गरेका थियौं। तर के भयो त नेपालको रुप? झन्डै २० बर्ष जति बितिसक्यो र अझै पनि तिनै नेताहरु हामीलाई नयाँ नेपालको निर्माण गर्ने आश्वासन दिदैंछन। त्यो के र कुन नयाँ नेपाल होला? कम से कम २० बर्ष अघि अहिले जस्तो बन्दुख र खुकुरी बोकेर अरुको हत्या र हिंसामा लाग्ने मान्छे त कमै थिए। त्यतिबेला अहिले जस्तो रगतको खोलो देख्नु त परेको थिएन। त्यतिबेला बालबच्चाहरुलाई प्रयोग गरेर क्रान्तिको ज्वाला त फिजाउने कसैले आँट गरेका थिएनन्।

अबका २० बर्ष पछिको नया नेपाल साँच्चैकै सिँगापुर बन्ला त? साँच्चै नै हामीजस्ता बेरोजगारि युबायुबतीले हल्लेर नारा जुलुसमा सामेल नभएपनि होला त? के साँच्चै शान्ति के हो भन्ने आम नेपालीले महसुस गर्न पाईन्छहोला त? हामीलाई सिँगापुर हैन हाम्रै नेपाल चाहिन्छ। शान्तिको भुमी नेपालनै सबै भन्दा उत्तम छ।

गणतन्त्र घोषणा भएको ५ दिन बित्न नपाउदै राजनितिक नेताहरु राष्ट्रपति को भन्ने बिषयमा बिबाद गर्न शुरु गरिसके। उनिहरु अब नयाँ नेपाल हैन नयाँ कुर्चि र सम्मान तयार गर्नमा ब्यस्त हुने त हैनन् आम नेपालीको मनमा शंकाको बिषय बनेको छ। नेपाली नेताहरुले राजनिती चाँहि अब छोडेर प्रजानितीमा लागे नयाँ नेपालको श्रिजना हुदैन होला र?

हेरौ अब नयाँ नेपाल कस्तो हुने रहेछ। अब पनि नयाँ नेपालको कुरा मात्र गर्ने काम चाँहि भएन भने तानशाहि पंचायत र बिश्णुका अबतार मानिने भुतपुर्ब राजा ज्ञानेन्द्रलाई मिल्काउने नेपालीले नेताहरुलाई त्यसै छोड्ने छैनन् भन्ने राजनितिज्ञहरुले नबिर्सउन होलान।

चेतल्याण्ड साइबर काफे, सल्लाघारी तिनकुनेबाट।

Friday, November 2, 2007

माओवादी प्रस्तावको टुंगो शुक्रबार लाग्ने संभावना

संसदबाट गणतन्त्रको घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी माओवादी प्रस्तावबारे शुक्रबार अन्तिम टुंगो लगाइने नेताहरुले बताएका छन्।

संसदमा सात दलबीच मत विभाजन हुन नदिन सहमतिको खोजी गर्ने उद्देश्यले दलहरुकै आग्रहमा सभामुख सुवासचन्द्र नेम्वाङ्ले संसदको बैठक शुक्रवार बिहानसम्मकालागि स्थगित गरेका थिए।

दिनभरमा सहमति हुन नसकेपछि नेकपा माओवादीले बिहीबार नै मतदान गराउने प्रयास गरेको थियो।
आफ्ना सहयोगीहरु डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलका साथ झण्डै दिनभरजसो सिंहदरवारमा रहेका माओवादी अध्यक्ष प्रचण्डले भने, "अन्य दलहरुको आग्रहमा भोलिसम्म सहमतिको पहल गर्न शुक्रवारसम्म संसद स्थगित गर्ने सहमति भयो। "

सातदलका शीर्ष नेताहरुबीच पटक पटक भएको बैठक सहमति जुटाउन असफल भएपछि संसदमा छलफल थालिएको हो।

तर विगतमा प्रधानमन्त्री निवास वालुवाटारमा हुने गरेका सहमतिको खोजी केही दिन यता संसद भवन रहेको सिंहदरवारमा घनिभूत बनेको छ।

अघिल्ला दिनहरु जस्तै बिहीबार पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी लगायतका दलका नेताहरुबीच सामूहिक र छुट्टा छुट्टै छलफल भएका थिए, जसमा नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका झलनाथ खनालको टोली क्रियाशील थियो।

दिनभरको प्रयास सार्थक हुन नसके पनि त्यो जारी रहेको नेपाली कांग्रेसका नेता महेश आचार्यले बताए।
उनले भने, "सहमतिको प्रयत्न अन्तिम अवस्थासम्म पनि जारी रहेको छ।"

'वाम सहमति'

माओवादी अध्यक्ष प्रचण्डले सहमति हुन नसके मतदानबाट भए पनि संसदको छलफल शुक्रवार सम्पन्न गरिने बताएका छन्।

उनका अनुसार नेपाली कांग्रेस सहमतिमा नआए एमाले र माओवादी लगायतका वामपन्थी दलहरुको मत एउटै प्रस्तावमा खस्ने अवस्था छ।

माओवादीको प्रस्ताव र त्यसप्रति एमालेको संशोधन प्रस्ताव एकीकृत हुने सम्भावनाबारे उनले भने, "साँझसम्मको छलफलले सबै गणतन्त्रवादी र समानुपातिक निर्वाचन प्रणालीलाई स्वीकार्नेहरुको भोट एकै ठाउँमा पर्ने सम्भावना छ।"

त्यसको विधिबारे अध्यक्ष प्रचण्डको भनाइ थियो, "प्रस्ताव फिर्ता लिने वा एउटामा एकअर्काले मत दिने अथवा संशोधन सहितको सहमतिको अर्को नयाँ प्रस्ताव तयार हुन पनि सक्छ। "

उनले नेपाली कांग्रेससँग सहमति हुन सक्ने सम्भावना अझै बौकी रहेको पनि बताए।
तर हाम्रा काठमाण्डूस्थित संवाददाता भन्छन्, दलहरुबीच सहमतिको प्रयासले मूर्त रुप लिइनसकेकाले शुक्रवार मतदान भयो भने त्यसको परिणाम यसै हुन्छ भन्न सकिने अवस्था छैन।

अरु थप खबरको लागि यँहा थिच्नुहोस।


मेरो बिचार :
"तुरुन्तै गणतन्त्रको घोषणा नभई नहुने कारण चाँहि के होला? नेपालि जनतालाई तन्त्रको भन्दा बिकासको खाँचो छ। मन्त्र त जवानादेखि नै राम्रो थियो नि काम नभएर नेपालको अबास्था यस्तो भएको हैन र?"

चेत बुढाथोकी

कोइरालाद्वारा छिट्टै सहमतिमा पुगिने विश्वास व्यक्त

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदमा विचाराधीन माओवादी प्रस्ताववारे छिट्टै निर्णयमा पुगिने विश्वास व्यक्त गरेका छन्।

चिकित्सकहरुको राष्ट्रिय संगठन, नेपाल मेडिकल एसोसियसनको तेइसौं राष्ट्रिय सम्मेलनको उदघाटनकालागि गृहनगर बिराटनगर आइपुगेका प्रधानमन्त्री कोइरालाले अहिले उत्पन्न गतिरोध खासै ठूलो समस्या नभएको बताए।

तर सहमतिको सूत्र के हुनसक्छ भन्ने चाहिं उनले बताएनन्।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्रको घोषणासंबन्धी माओवादी प्रस्तावबारे अन्तरिम संसदको विशेष अधिवेशनमा छलफल जारी रहेपनि कुनै टुंगो लागेको छैन।

दुई घन्टा लामो बिराटनगर बसाइका क्रममा प्रधानमन्त्री कोइरालाले राजनीतिक गतिरोध अन्त्यकालागि तत्काल निष्कर्ष मा पुग्नु जरुरी रहेको बताए।

'पुच्छर अड्क्यो'
उनले भने, "हात्ती छि-यो, पुच्छर अडक्यो जस्तो भएको छ। यो समस्याको हामीले समाधान ग-यौं भने शान्ति, स्थायित्व र चुनाव पनि हुन्छ।"

हाम्रा बिराटनगरस्थित संवाददाता भन्छन्, निक्कै हतारमा देखिएका प्रधानमन्त्री कोइरालाले राष्ट्रको उन्नति संवाद र सहमतिबाट मात्र संभव हुने बताए।

उनले भने, "कुनै असमझदारी छ भने मिलाउनु पर्छ, अगाडि आइसके पछि लथालिंग पार्नुहुंदैन। पूर्णता दिनु पर्छ।"

सैनिक हेलिकोप्टरमा विराटनगर आएका कोइराला बिहीबार नै राजधानी फर्केका थिए ।
थप समाचारको लागि यँहा भिच्नुहोस्।

नेपालको राजनितिक समस्या भनेको शुरुदेखि नै रहिराखेको छ। राजनितिज्ञहरुले भनेको पुच्छर के हो आम नेपालीहरुले बुझ्नु जरुरि छ। पुच्छर किन छिर्न सकेन भनेर अगाडिबाट हेर्नु भन्दा कसैले पुच्छर तानिराखेको छ कि भनेर पछाडि हेर्नु जरुरि छ जस्तो लाग्छ।
चेत बुढाथोकी

Wednesday, October 24, 2007

कलिलो माया

कलिलो बिरुवा हो यो त
घाम र पानीबाट बचाउनु पर्छ।
 
कलिलो बिरुवा हो यो त
बेला बेलामा उचित मलजलको ब्यबस्था दिलाउनु पर्छ।
 
अहिले कलिलो बिरुवा हो यो त
तर छोट्टो समयमा यसले सित्तल छाँया दिन्छ।
 
कलिलो बिरुवा हो यो त
यसले  मिठो फल पनि दिन्छ।
 
कलिलो बिरुवा हो यो त
तर बुढो हुन्छ र नाङ्गै हुन्छ पनि
 
कलिलो बिरुवा हो यो त 
हुर्कन्छ बढ्छ र मिठो फसल दिन्छ
कलिलो बिरुवा हो यो त
बुढो हुन्छ र बिलाएर जान्छ पनि।
 
कलिलो बिरुवा हो यो त
सानो असरले गर्दा हराउन पनि सक्छ।
 
रोप, मलजल देउ, हुर्काउन बढाउन कोशिस गर
तर तिम्रो आकांक्षा पुरा भएन भनेर बिलाप नगर
तिमी तिमी नै हौ र बिरुवा बिरुवा नै हो
तिमीले बिरुवा रोप्नुपर्छ तर
बिरुवाले तिमीलाई रोप्न सक्दैन।