Thursday, October 18, 2007

रात परेपनि

झनझन बेलुकी हुदैछ
मेरो अघिपछि अध्यारोले ढाक्दैछ
चराचुरुङ्गी आ-आफ्नो गुँडमा जाँदैछन्
आकाशमा ताराहरु उदाउदैछन्।

अन्धकारले ढाकेपनि
मेरो साथ कोही नभएपनि
मेरो अगाडि घनघोर पहाडहरु भएपनि
म त सँधै अगाडि बढिराख्ने छु।

माया हैन कसरि भनौ

कलिला पातहरु बुढा भएका छन
बतास लाग्यो भने झर्न तयार छन।
समय बितिराखेको छ
कसैको यादै यादमा आँशु बगिराखेको छ।
 
माया भनौ माया हैन
कहिले गाठो खुस्किन्छ थाहा छैन
खोला बगिराखेको छ
पुलको माथिबाट हिडेराखेको छु
कहिले आधिबेहरि आँउछ थाहा छैन
आखिर दायित्व पुरा नगर्ने माया हैन।
 
माया हैन कसरि भनौ,
कसैको यादमा आशु बग्दछ।
माया हैन कसरि भनौ,
कसैको अगाडि रहँदा चेहरामा मुस्कान भर्दछ।
माया हैन कसरि भनौ,
कसैको सम्झनामा मुटु धट्कन्छ।
माया हैन कसरि भनौ,
आखिर माया नभए यो शुन्दर संसारको महत्व छैन।

दशै आयो

घर वरिपरि
रंगिबिरंगि फुलहरु
शरिरमा रंगिबिरंगि
बस्त्रहरु
अनुहारमा उज्याला मुस्कानहरु
ह्रदयमा बिभन्न उत्सुकताहरु

आँशुले भरिएका अनुहार हासोले
हासोले भरिएका अनुहार आँशुले
ठन्डिले कठाङ्ग्रीएका हस्तहरु
ह्रदयको तातो मायाले
बिर्सेका यादहरु
आधिबेहरी झै लरबराई राखेका छन।

कसैको यादमा आँसु
कसैको यादमा मुस्कान
कसैको यादमा तितो स्मरण
कसैको यादमा शुन्दरमय संसार

दशै आएर पो रहेछ।

Wednesday, October 17, 2007

म त एक यात्री हु

बिहानको घाम झै
जिन्दगीको शुरु हुन्छ
दिउँसोको तातो राप झै
जिन्दगीले दु:ख पाँउछ।
आकाशबाट बर्सेको झरी झै
आँखाबाट आसु झर्छ
यात्रा पुरा नहुँदै फेरि अर्को रात पर्छ।

हाँस्दा हाँस्दै हाँसो हराउछ
रुदा रुदै आँसु बिलाँउछ
यादै यादमा बर्सौ बित्छ
मुटुलाई सम्झनाको भारिले थिच्छ।

म त एक यात्रि हो आज मेरो यँहि घर हो
म त एक यात्रि हो
नयाँ माटोको बास्ना सुँघ्नु मेरो लागि ठुलो अबशर हो
म त एक यात्रि हो
कहिले मेरो यात्रा पुरा हुन्छ थाहा छैन
म त एक यात्रि हो
यहि संसारमा घुमिरहन्छु।
म त एक यात्रि हो
यहि संसारमा घुमिरहन्छु।


चेत बुढाथोकी

आकाशको पानी

बादल तड्पीरहेको छ
कसैको खोजिमा, कसैको रोजिमा
गड्याङ गुडुङ भड्कीरहेको छ
कसैलाई तड्पाउन, कसैलाई फकाउन।

बर्षा चलिराखेको छ
कसैलाई रुझाउन, कसैलाई भिजाउन
बादल दौडिराखेको छु
कसैलाई भेटाउन, कसैलाई भुल्न।

बादल तड्पीरहेको छ
यो मन भड्कीरहेको छ
आँसु बगिराखेको छु
मुटु दुखिराखेको छु
कसैको खोजिमा, कसैको रोजिमा।

चेत बुढाथोकी